
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग भेटी गैरआवासीय नेपालीका समस्याका बारेमा छलफल गरेका छन् ।
हाल नेपाल भ्रमणमा रहेका गाहा मगरले गैरआवासीय नेपालीको नागरिकता लगायतका विष्यमा राजनीतिक दलका नेताहरुलाई जानकारी गराउने क्रममा लामिछानेसँग भेट गरेका हुन् ।
गाहामगरले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहिसकेका लामिछानेसँग नेपालीको वंशजको नेपाली नागरिकताको निरन्तरता, गोर्खा समस्या समाधान, प्रवासका नेपालीलाई मताधिकारलगायत विषय सदनसम्म पुर्याइ दिन आग्रह गरेको बताए ।
लामिछानेजस्ता युवा र भिजन भएका नेताबाट देशले र प्रवासमा रहेका नेपालीहरुले धेरै अपेक्षा गरेको भन्दै गाहामगरले राजनीतिक यात्रामा हरेस नखाई अगाडि बढ्न शुभकामनासमेत दिए ।
नेता लामिछानेले आफू पनि विदेश बसेर फर्किएकाले प्रवासका नेपालीका मुद्दा प्राथमिकताका साथ उठाउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । लामिछानेले गोर्खाहरु बेलायत नेपालसम्बन्धको प्रमुख आधार भएको र उनीहरुको विषय राष्ट्रिय समस्या भएकाले यस मुद्दातर्फ गम्भीर भएर लाग्ने प्रण गरेको पनि गाहामगरले जानकारी दिए ।
गाहामगरले २० वर्षको नेतृत्व दौरानमा एनआरएनए नेताहरुले प्रभावकारी काम गर्न नसक्दा लामिछानेले नेपालमा सास्ती ब्यहोर्नुपरेको समेत स्मरण गराएका थिए ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी