लण्डन । बेलायत र युरोपियन युनियनबीच उत्तरी आयरल्याण्डमा व्यापारका बारेमा आज सहमति भएको छ ।
बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गरेपछि आयरल्याण्डसित जोडिएको सो राज्यमा व्यापारको मोडलका बारेमा सहमति हुन सकेको थिएन ।
आज बेलायतमा भएको सहमतिमा बेलायतका प्रधानमन्त्री ऋषि सुनक र युरोपियन युनियनकी अध्यक्ष उर्सला भान डर लियोनले हस्ताक्षर गरेका छन् ।
ब्रेक्जिटबाट बेलायतले औपचारिकरूपमा बाहिरिएको चारवर्ष पछि सो सहमति भएको हो ।
सहमतिको विस्तृत बुँदा सरकारले सार्वजनिक गरेको छ । जसमा बेलायतबाट उत्तरी आयरल्याण्डमा पठाइने सामानहरू बेरोकटोक जान पाउने छन् । उनीहरूलाई हरियो बाटोबाट जान दिइने छ भने उत्तरी आयरल्याण्डको बाटो हुँदै युरोपियन युनियन जाने सामानहरू भने चेकजाँचमा पर्नेछन् ।
यस्तै उत्तरी आयरल्याण्डका लागि पार्सल तथा घरपालुवा जनावर उत्तरी आयरल्याण्डमा लैजाँदा क्वारेटिनमा राख्न पर्ने छैन । साथै बेलायतको औषधिसम्बन्धी नियामक निकायले अनुमति दिएका औषधिहरू उत्तरी आयरल्याण्डमा उपलब्ध हुनेछन् ।
प्रधानमन्त्री सुनकले नयाँ सहमतिअनुसार उत्तरी आयरल्याण्डका लागि बेलायतले नयाँ मूल्यअभिवृद्धि कर तोक्नसक्ने बताएका छन् । यसअघि सो क्षेत्रमा युरोपियन युनियनले भ्याट तोक्ने गरेको थियो ।
प्रधानमन्त्री सुनकले सहमतिमाथि बेलायती संसदमा सांसदहरूले मतदान गर्न पाउने बताएका छन् भने उत्तरी आयरल्याण्डको संसदले पनि सहमतिमा चित्त नबुझे संसद बोलाउन पाउने छ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न