
अत्तरिया । कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी आज रिहा हुनुभएको छ ।
उहाँ प्रजातन्त्र दिवसका अवसरमा कैद माफीसहित रिहा हुनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी दिनुभएको थियो ।
चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो ।
विसं २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र रु आठ लाख १८ हजार चार सय २३ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ