
लण्डन । मुद्रास्फिति बढेर ऐतिहासिक रेकर्ड बनाएको बेलायतमा जनवरी महिनामा भने मुद्रास्फिति केही घटेको पाइएको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार जनवरी महिनामा मुद्रास्फिति १०.१ प्रतिशतमा झरेको थियो । जुन विगत पाँच महिनाकै न्यून विन्दू हो । डिसेम्बरमा मुद्रास्फिति १०.५ प्रतिशत रहेको थियो भने अक्टोबरमा सबैभन्दा उच्च ११.१ प्रतिशत पुगेको थियो।
विश्लेषकहरूले जनवरीमा मुद्रास्फिति १०.३ प्रतिशत रहने आँकलन गरे पनि मुद्रास्फिति त्योभन्दा तल झरेको छ । मुद्रास्फितिका कारण सामानहरूको मूल्य अचाक्ली वृद्धि भएको छ । जनवरीमा मुद्रास्फिति घटेपछि सामानको मूल्यमा पनि झीनो गिरावट आएको बताइएको छ । विज्ञहरूले जनवरीमा सामानको मूल्यमा ६.२ प्रतिशत मूल्यवृद्धि हुने विश्लेषण गरे पनि ५.८ प्रतिशत मात्र मूल्य वृद्धि भएको पाइएको छ ।
बैँक अफ इङ्ग्ल्याण्डले उर्जाको मूल्यमा गिरावट आएकाले यसअघि सन् २०२३ भरि नै मुद्रास्फिति स्वात्तै घट्ने बताएको थियो ।
मुद्रास्फितिमा गिरावट आउन थालेपछि बैँक अफ इङ्गल्याण्डले अपनाएको आर्थिक नीतिमा पनि परिवर्तन हुने आशा गरिएको छ । हाल ४ प्रतिशतमा रहेको ब्याजदर अर्को महिना शुन्य दशमलव २५ प्रतिशतले मात्र वृद्धि हुने अपेक्षा गरिएको छ । जुन सम्भवत अन्तिम ब्याजदर वृद्धि हुनसक्छ ।
तथापि सर्वसाधारणले भने मूल्यवृद्धि घटेको महसुस गर्न केही समय पर्खनुपर्ने छ किनकि १७ प्रतिशतसम्म मूल्यवृद्धि भएको छ ।
उता अमेरिकामा पनि मुद्रास्फिति विगत १५ महिनाकै कम्ती ६.४ प्रतिशतमा झरेको छ भने युरोपमा पनि आठ महिनाकै न्यून ८.५ प्रतिशतमा ओर्लिएको छ ।
अर्थमन्त्री जेरेमी हन्टले मुद्रास्फिति घट्नु स्वागतयोग्य भए पनि अझै मुद्रास्फिति विरुद्धको लडाइँ नसकिएको बताएका छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ