
लण्डन । लण्डनस्थित बेलायतका लागि नेपाली दुताबासमा नेपालका प्रथम शहीद लखन थापामगरको तस्वीर राखिएको छ ।
थापामगरको १४६ औँ स्मृति दिवसको अवसर पारेर मंगलबार सो तस्वीर राखिएको हो ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र मगर संघ बेलायतका अध्यक्ष सीता पुनले संयुक्त रुपमा सो तस्वीर राखेका थिए ।
दुताबासद्वारा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै राजदुत आचार्यले हरेक देशको आफ्नै इतिहास हुने भन्दै अधिनायकवादका विरुद्धमा लखन थापामगरले गरेको विद्रोह प्रेरणादायी भएको बताउनुभयो । लखन थापामगर लगायत शहीदहरुले देशका लागि दिएको योगदानको सो अवसरमा राजदुत आचार्यले स्मरण गर्नुभयो ।
दुताबासको रिसेप्सन हलमा राखिएको थापाको तस्वीरले उहाँको बारेमा जान्न बुझ्न चाहनेहरुलाई मौका दिने भन्दै आचार्यले दुताबासमा तस्वीर राख्न पाउँदा खुशी लागेको बताउनुभयो ।
महासंघका अध्यक्ष कर्मा पहाडी शेर्पाले लखन थापालाई प्रथम शहीद घोषणा गराउनका लागि धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै बेलायतस्थित नेपालीहरुको साझा घर नेपाली दुताबासमा उनको तस्वीर राख्न सन् २०१६ देखि नै पहल गर्दै आएको जानकारी दिनुभयो । नेपाली दुताबासले प्रथम शहीदको तस्वीर राखेर उदाहरणीय कार्य गरेको भन्दै उनले आगामी दिनमा शहीद दिवसमा अरु शहीदहरुसँगै लखन थापाको पनि नाम लिइने विश्वास व्यक्त गर्नुभयो ।
मगर संघ युकेका अध्यक्ष सीता पुनले दुताबासमा लखन थापामगरको तस्वीर राख्न गरिएको अनुरोध स्वीकार गरिदिनुभएकोमा दुताबास परिवारमा धन्यवाद दिनुभएको थियो ।
छोटो कार्यक्रमको संचालन दुताबासका उपनियोग प्रमुख रोशन खनालले गर्नुभएको थियो भने तस्वीर राख्नुअघि लखन थापामगरको फोटोमा पुष्पगुच्छा तथा खादा अर्पण गरी मौनधारण गरिएको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार