
लण्डन । एक्लै एक्लै जीवन संग लड्न कहाँ सक्थें भन्ने गीतको म्यूजिक भिडियो बेलायतमा सार्वजनिक गरिएको छ।
डा योगेन्द्र गैह्रेले परदेशको सघंर्ष र जीवनकथा बोल्ने गीति एल्बम एक्लै एक्लै जीवनसँगको पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
उक्त गीतको म्यूजिक भिडियो लन्डनमा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । प्रमुख अतिथि ग्रीनवीच बरोका काउन्सिलर जीत रानाभाटले म्यूजिक भिडियो बिमोचन गरेका हुन् । म्यूजिक भिडियोको विमोचन गर्दै काउन्सिलर रानाभाटले एउटा पारिवारिक कथा र परिवेश समेटेर म्यूजिक भिडियो निर्माण गरेको भन्दै खुसी व्यक्त गरे ।
नेपालको पुर्खौली घर स्याङ्जाका डा गैह्रेले आफूले भोगेको जीवनलाई ह्रदय छुने म्यूजिक भिडियोमा उतारेको भन्दै समग्र गीतको विषयमा बताएका थिए ।बेलायतको साउथ ह्यान्टममा सपरिवार बस्दै आएका गैह्रेले गीतमा आफैँले स्वर दिएका छन् ।
त्यस्तै सम्वाद पनि डा गैह्रेकै रहेको छ भने गीतलाई करुण थापाले सिर्जना गरेका हुन् । उक्त गीतमा न्ह्यू बज्राचार्यको सगीत रहेको छ भने प्रोडक्सन थ्रीका राजदीप राईले सम्पादन र छायाँकन तथा भिडियोलाई प्राविधक सहयोग, फोटो र भिडियो पत्रकार एज्रा श्रेष्ठले गरेका छन् ।त्यस्तै मोडेल सुरेश श्रेष्ठले भिडियोलाई संयोजन गरेका छन् ।
गीतको निर्माताको रुपमा डा गैह्रेकै श्रीमती ज्योति श्रेष्ठ गैह्रे रहेकी छन् भने कथा समन्वय र निर्देशन स्वयम् डा योगेन्द्र गैह्रेको नै रहेको छ । कला र संगीतमा पारिवारिक पृष्ठभूमि भएरपनि होला पारिवारिक कथावस्तु र डा गैह्रेकै आफ्ना दुई छोराको अभिनय रहेको म्यूजिक भिडियोले प्रवासमा रहेर नेपालीहरुले पनि परिवारसँग कसरी जीवन व्यतित गर्छन् भन्ने वास्तविकता बोलेको छ ।
म्यूजिक भिडियोले रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारित गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने