
लण्डन । एक्लै एक्लै जीवन संग लड्न कहाँ सक्थें भन्ने गीतको म्यूजिक भिडियो बेलायतमा सार्वजनिक गरिएको छ।
डा योगेन्द्र गैह्रेले परदेशको सघंर्ष र जीवनकथा बोल्ने गीति एल्बम एक्लै एक्लै जीवनसँगको पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
उक्त गीतको म्यूजिक भिडियो लन्डनमा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । प्रमुख अतिथि ग्रीनवीच बरोका काउन्सिलर जीत रानाभाटले म्यूजिक भिडियो बिमोचन गरेका हुन् । म्यूजिक भिडियोको विमोचन गर्दै काउन्सिलर रानाभाटले एउटा पारिवारिक कथा र परिवेश समेटेर म्यूजिक भिडियो निर्माण गरेको भन्दै खुसी व्यक्त गरे ।
नेपालको पुर्खौली घर स्याङ्जाका डा गैह्रेले आफूले भोगेको जीवनलाई ह्रदय छुने म्यूजिक भिडियोमा उतारेको भन्दै समग्र गीतको विषयमा बताएका थिए ।बेलायतको साउथ ह्यान्टममा सपरिवार बस्दै आएका गैह्रेले गीतमा आफैँले स्वर दिएका छन् ।
त्यस्तै सम्वाद पनि डा गैह्रेकै रहेको छ भने गीतलाई करुण थापाले सिर्जना गरेका हुन् । उक्त गीतमा न्ह्यू बज्राचार्यको सगीत रहेको छ भने प्रोडक्सन थ्रीका राजदीप राईले सम्पादन र छायाँकन तथा भिडियोलाई प्राविधक सहयोग, फोटो र भिडियो पत्रकार एज्रा श्रेष्ठले गरेका छन् ।त्यस्तै मोडेल सुरेश श्रेष्ठले भिडियोलाई संयोजन गरेका छन् ।
गीतको निर्माताको रुपमा डा गैह्रेकै श्रीमती ज्योति श्रेष्ठ गैह्रे रहेकी छन् भने कथा समन्वय र निर्देशन स्वयम् डा योगेन्द्र गैह्रेको नै रहेको छ । कला र संगीतमा पारिवारिक पृष्ठभूमि भएरपनि होला पारिवारिक कथावस्तु र डा गैह्रेकै आफ्ना दुई छोराको अभिनय रहेको म्यूजिक भिडियोले प्रवासमा रहेर नेपालीहरुले पनि परिवारसँग कसरी जीवन व्यतित गर्छन् भन्ने वास्तविकता बोलेको छ ।
म्यूजिक भिडियोले रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारित गीतले हाम्रो समाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा