
लण्डन । नेपालका प्रथम शहीद लखन थापामगरको १४६ औँ स्मृति दिवस बेलायतमा मनाइएको छ ।
मगर संघ युकेले शनिवार आफ्नै भवन फार्नब्रोमा एक कार्यक्रमको आयोजना गरी सो स्मृति दिवस मनाएको हो ।
संघका अध्यक्ष श्रीमती सीता पुनको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन महासचिव गुमानसिङ्ग थापा मगरले गरेका थिए ।
कार्यक्रममा थापामगरप्रति एक मिनेट मौनधारण गरिनुका साथै उनको तस्वीरमा पुष्पगुच्छा, खादा, जल र दीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, मगर संघ युकेका संस्थापक अध्यक्ष थर्क राना मगर, पूर्व अध्यक्ष मेजर कुलबहादुर थापा मगर, मगर संघ युकेको मगर मास्टर एण्ड पीएचडी छात्रवृत्ति नेपालका संयोजक मेजर रिटायर्ड कृष्णकुमार आले, युएचएसवी शाखाका अध्यक्ष ऋषिराम राना, सचिव गणेश बुढाथोकी बुढाथीकी, कोषाध्यक्ष गोप सिंजाली मगर, शाखाका महिला प्रमुख तथा उपाध्यक्ष श्रीमती धना रोका मगर, मगर संघ युके युवा संयोजक अनिल थापा मगर, युवा सचिव सुश्री बिपना थापा मगर, युवा सहसचिव सुश्री मेरिन पाइजा मगर, युवा मिडियापर्सन अमित राम्जालीलगायतले प्रथम शहिद लखन थापा मगरको तस्वीरमा दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष गाहा मगर, जनजाति महासंघ युकेका अध्यक्ष शेर्पा, मगर संघ युकेका संस्थापक अध्यक्ष राना मगर लगायतले संक्षिप्त मन्तब्य व्यक्त गरेका थिए । मगर मास्टर एण्ड पीएचडी छात्रवृति नेपालका संयोजक आलेले लखन थापा मगरको नाममा भएका कामहरु साथै लखन थापा प्राथमिक विद्धालयको बारेमा जानकारी दिए । कार्यक्रममा संस्थाका सचिव गोमान सिंह पुनले नेपालको प्रथम शहिद लखन थापा मगरका बारेमा संक्षिप्त भनाइ राखेका थिए ।
विसं १८९१ मा गोरखा जिल्लाको हालको शहीद लखन गाउँपालिका वडा नं-७ स्थित काहुले भंगार गाउँमा जन्मेका लखन थापामगर जनविद्रोहमार्फत जंगबहादुर राणालाई हटाएर नेपालमा प्रजातन्त्र ल्याउन पहल गरेका थिए । उनको विसं १९३३ फागुन २ गते हत्या गरिएको थियो । उनलाई नेपाल सरकारले विसं २०५६ सालमा शहीद घोषणा गरेको थियो भने विसं २०७२ साल असोज ३ गते नेपाल सरकारले नेपालको पहिलो शहीद घोषणा गरेको थियो ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार