
लन्डन । बेलायतको अर्थतन्त्र आर्थिक मन्दीबाट बालबाल जोगिएको छ ।
बेलायतका राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको गत वर्षको अन्तिम तीन महिनाको तथ्याङ्कअनुसार बेलायतको बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ ।
तथ्याङ्कअनुसार कुल गार्हस्थ्य उत्पादन चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ जुन अघिल्लो तीन महिनाको तुलनामा ०.३ प्रतिशतले खुम्चिएको छ । तर बेलायतको केन्द्रीय बैँकले सो अवधिमा बेलायतको आर्थिक वृद्धिदर शुन्य दशमलव १ प्रतिशत रहने पूर्वानुमान गरेकोमा सो लक्ष्य भने पूरा गर्न असमर्थ भएको छ ।
बेलायती अर्थमन्त्री जेरेमी हन्टले बेलायत आर्थिक मन्दीबाट प्राविधिक रुपमा जोगिए पनि अझै अर्थतन्त्रको अफ्ठेरोबाट बाहिर निस्किनसकेको र मुद्रास्फीतिको समस्या जटिल नै रहेको बताएका छन् ।
कार्यालयका निर्देशक डारेन मोर्गनले डिसेम्बर महिनामा बेलायतको अर्थतन्त्र खुम्चनुमा विभिन्न कारणहरू रहेको बताएका छन् । जसमा पब्लिक सेक्टरमा हडतालका साथै विश्वकप फुटबलका कारण इङ्लिस प्रिमियर लिग रोकिनु समेत रहेको उनको धारणाा छ ।
सोही अवधिमा अमेरिकाको अर्थतन्त्र ५ प्रतिशतले र युरोपियन युनियनको अर्थमन्त्र भने करिब ३ प्रतिशतले वृद्धि भएको छ । बेलायतको अर्थतन्त्र भने अतिविकसित ७ देशहरूमध्ये नकारात्मक वृद्धिमा जाने र सन २०२६ अघि कोभिड महामारी पूर्वको अवस्थामा नआउने अर्थशास्त्रीहरुको विश्लेषण छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर