
लण्डन । नेपाल भ्रमणमा रहेका बेलायतका भेट्रान मन्त्री आन्ड्रयू मरिसनलाई गोरखाहरुले वार्ताबाट माग पूरा नभए फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
आज काठमाडौँमा मन्त्री मरिसनले आयोजित एक कार्यक्रममा पूर्व गोरखा सैनिकहरुसित छलफल गरेका थिए । सो अवसरमा बोल्दै पूर्व गोरखा सैनिक डा रामनारायण कन्दङवाले बेलायतसित एक हजार वर्षभन्दा लामो प्रजातन्त्रको इतिहास रहेको र प्रजातन्त्रको सौन्दर्य र मूल्य मान्यताहरु समानता, न्याय र स्वाभिमान भए पनि गोरखाहरुले त्यस्तो महसुस गर्न नपाएको बताए ।
गोरखाहरुको मुख्य माग समान पेन्सन रहेको स्मरण गराउँदै उनले नेपाल र बेलायत सरकारबीच चालू वार्ता प्राविधिक टोलीले तय गरेको १३ बुँदामा वार्ता हुनुपर्नेमा जोड दिए । गोरखाहरुको माग बेलायतले पूरा नगरेमा मे १ तारिखबाट आमरण अनसन बस्ने निस्कर्षमा आफूहरु पुगेको पनि उनले जानकारी दिए । आमरण अनसन बस्नु गोरखाहरुको रहर नभई बाध्यता भएको उनी उनले प्रष्टीकरण दिए । माग पूरा गर्नका लागि दबाब दिन अन्य वैकल्पिक उपायहरु अपनाउँदा बेलायतले वेवास्ता गरेकाले आमरण अनसन बस्नु बाध्यता भएको उनको जिकिर थियो ।
सन् १९४७ को त्रिपक्षीय सन्धिका आधारमा बेलायतले अहिले पनि नेपालबाट गोरखा भर्ती गरिरहेको सन्दर्भ उठाउँदै कन्दङवाले बेलायतमा महिलालाई मतदानको अधिकार समेत नभएको र नेपालमा दासताको अवशेष कायम रहेको समयमा गरिएको सो सन्धिले आजको समयको प्रतिनिधित्व गर्न नसक्ने बताए ।
जवाफमा मन्त्री मरिसनले गोरखाहरुको मागको सन्दर्भमा आफूहरु सकारात्मक रहेको तर आफ्नो मात्र प्रतिवद्धताले गोरखाहरुको माग पूरा गर्ने ग्यारेन्टी गर्न नसक्ने बताए । गोरखाहरुको माग बेलायतको अर्थ मन्त्रालयसित पनि जोडिएको हुनाले आफ्नो मन्त्रालयले मात्र पूरा गर्न नसक्ने उनको भनाइ थियो । गोरखाहरुको वेलफेयरका बारेमा भने धेरै गर्न सकिने उनले आश्वासन दिए । सो अवसरमा बेलायती सेनाका उच्चपदस्थ अधिकृतहरुको पनि उपस्थिति रहेको थियो ।
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम