
लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बिहीबार आफ्नो कार्यकालको १०० दिन पूरा गर्नुभएको छ ।
उहाँले आफ्नो बायाँतिर आक्रोशित युनियन, दायाँतिर कन्जरभेटिभ पार्टीका सांसद र बीचमा लाखौं मतदातालाई चुनावी हार टार्नका लागि जिताउनुपर्ने बताउनुभएको छ ।
सुनकका लागि यो एक कठिन स्थिति हो । उहाँको पूर्ववर्ती लिज ट्रसकोभन्दा दोब्बर भन्दा बढी दिन हो । ट्रसको कर कटौतीको योजनाले आतङ्क मच्चाएपछि कन्जरभेटिभ नेताका रूपमा स्थापित ४२ वर्षीय सुनकले अक्टोबर २५ मा प्रधानमन्त्री पद सम्हाल्नुभएको थियो । उहाँको आगमनले वित्तीय बजारलाई शान्त पार्नुका साथै खतरनाक आर्थिक मन्दीबाट जोगाएको छ ।
अर्को, दुई शताब्दीका लागि बेलायतका सबैभन्दा कान्छो नेता र दक्षिण एसियाली विरासतका पहिलो प्रधानमन्त्रीले बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्ने, सुस्त अर्थतन्त्रलाई वृद्धि गर्ने, अत्यधिक बोझले थिचिएको स्वास्थ्य सेवा प्रणालीमाथिको दबाब कम गर्ने र पूर्व प्रधानमन्त्री बोरिस जोन्सनको नेतृत्वमा वर्षौंको घोटालापछि ‘निष्ठालाई राजनीतिमा फर्काउने’ वाचा गर्नुभएको छ ।
सुनकले यसै साता स्वास्थ्यकर्मीको एक समूहलाई भन्नुभएको थियो, “म प्रधानमन्त्री हुनुभन्दा पहिले जे भएको थियो, त्यसमा म केही गर्न सक्दिनँ । “मलाई के लाग्छ भने तपाईंले मलाई मेरो निगरानीमा उत्पन्न हुने कुराहरूको सामना कसरी गर्छु भन्नेमा केन्द्रित हुन जरूरी छ ।”
इन्स्टिच्युट फर गभर्नमेन्ट थिंक ट्यांककी वरिष्ठ सदस्य जिल रुटरले बेलायतमा ‘पूर्णतया भद्रगोल सरकार छ’ भन्ने धारणा हटाउन सुनक सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ठोस उपलब्धिहरू देख्न अलि गाह्रो छ ।”
सुनक बेलायतका पूर्व अर्थमन्त्री हुनुहुन्छ । उहाँको उच्च प्राथमिकता देशको आर्थिक अस्वस्थता रहेको छ । यहाँको कुल गार्हस्थ्य उत्पादन कोरोना भाइरस महामारी अघिको तुलनामा न्यून रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले यसै हप्ता अनुमान गरेअनुसार बेलायत यस वर्ष आर्थिक सङ्कुचन हुने एक मात्र प्रमुख अर्थतन्त्र । बेलायतले यो बर्ष ०.६ प्रतिशतको आर्थिक सङ्कुचन व्यहोर्ने प्रक्षेपण अर्थशास्त्रीहरूले बताएका छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न