
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेटी नेपाल र बेलायत सरकारबीच गोरखाहरुको समस्याका बारेमा भइरहेको वार्तामा अहम भूमिका खेल्न माग गरेको छ ।
संघका केन्द्रीय सभापति कृष्णकुमार राईको नेतृत्वमा गएको टोलीले आज प्रधानमन्त्री दाहाललाई भेटी सो अनुरोध गरेको गेसोले बताएको छ ।
नेपाल एउटा सार्वभौम स्वाधीन राष्ट्र भएकाले गोरखा समस्या समाधानको लागि गरिने वार्ता एक पटक नेपालमा पनि हुनु पर्ने माग पनि गेसोले उठाएको छ । हालसम्म विभिन्न चरणको वार्ता लण्डनस्थित बेलायती रक्षा मन्त्रालय र नेपाली दुताबासमा भएका छन् ।
यसैगरी गेसोले गोरखा भूतपूर्व सैनिकहरु र उनीहरुका सन्ततिलाई नेपाली नागरिकताको निरन्तरताको व्यवस्था गर्न पनि माग गरेको छ । गोारखा सैनिकहरु बेलायती सेनामा भर्ती भएर जाँदा सन् १९४७ को सन्धी अनुसार नेपाली नागरिक भएरै सेनामा भर्ती हुने, नेपाली सेवा अवधिमा पनि नेपाली नागरिक भएरै सेवा गर्ने र अवकाश हुँदा नेपाली नागरिक भएरै अवकाश हुने हुनाले गोरखा सैनिक र तिनका सन्ततिहरुलाई नेपाली नागरिकताको निरन्तरताको व्यवस्था गरिएको गेसोले जनाएको छ । साथै नेपालभन्दा बाहिर रहेका सम्पूर्ण नेपालीहरुले सम्बन्धित देशबाटै निर्वाचनमा मतदान गर्ने अधिकारको व्यवस्था गर्न पनि गेसोले माग गरेको छ ।
जवाफमा प्रधानमन्त्री दाहालले गोरखा भूपू सैनिकहरुको सवाल भनेको कुनै एक जाति र वर्गको मात्र समस्या नभई सिंगो राष्ट्रको समस्या भएको हुनाले यस विषयमा आफू गम्भीर भएको बताए । गेसोका सभापति कृष्णकुमार राई तथा अन्य संस्थाका भूपू सैनिकहरुले यसबारेमा जानकारी गराएको उल्लेख गर्दै दाहालले भूतपूर्व सैनिकहरुको समस्या आफ्नै कार्यकालमा समाधान गर्ने अवसर मलाई प्राप्त भएको महसुस भएको बताए । गोरखा भूतपूर्व सैनिकहरुले राखेको विषयहरुमा पनि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने उनले वचनवद्धता व्यक्त गरे ।
सो अवसरमा गेसो प्रतिनिधिमण्डलले नेपालको ४४ औं तथा तेस्रो पटक प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन हुनु भएका नेकपा (माआवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्रीलाई गोरखाहरुको तर्पmबाट हार्दिक बधाई तथा अविनाशी कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यसअघि गेसोले परराष्ट्र मन्त्री, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र भूमिसुधार, गरिबी निवारण तथा सहकारी मन्त्रीसित पनि भेट गरिसकेको छ ।
उता गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले पनि हिजो प्रधानमन्त्रीसित भेट गरी गोरखाहरुको समस्याका बारेमा ध्यानाकर्षण गराएको छ ।


बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण