
लण्डन । नवनियुक्त परराष्ट्र मन्त्री विमला राई पौड्यालले आफ्नो कार्यकालमै गोरखा भूतपूर्व सैनिकहरुको समस्या टुङ्ग्याउने चाहना रहेको बताएकी छिन् ।
आज गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को प्रतिनिधिमण्डलसित आफ्नै निवासमा भएका भेटमा उनले सो विचार व्यक्त गरेकी हुन् ।
सो अवसरमा पौड्याले भूपू सैनिकहरुको सवाल भनेको कुनै एक जाति र वर्गको मात्र समस्या नभई सिंगो राष्ट्रको समस्या भएको बताइन् । आफू नेपाल सरकारको जिम्मेवार र विभागीय मन्त्री समेत भएको हुनाले अहिले नेपाल र बेलायत सरकारको प्रतिनिधि तथा भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्तालाई सफल र पीडितहरुलाई न्याय दिलाउन आफ्नो ज्ञान र विवेकले भ्याएसम्म कुनै कसर नराख्ने प्रतिवद्धता पनि पौड्यालले जाहेर गरिन् ।
गेसो सभापति कृष्ण कुमार राईको नेतृत्वमा भूपू सैनिकहरुको एक प्रतिनीधि मण्डलले पौड्याललाई सम्पूर्ण भूपू सैनिकहरुको तर्पmबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएको थियो ।
बेलायती सरकारले गोरखा सैनिकहरुमाथि सदियौंदेखि गर्दै आएको विभेदलाई अन्त्य गर्न नेपाल र बेलायत सरकार तथा भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्तालाई सार्थक बनाउन पहल गरिदिन पनि गेसोले माग गरेको थियो । नेपाल सरकारको विभागिय मन्त्री पनि हुनुभएकोले वार्ताको प्रतिफल गोरखाहरु र नेपालको पक्षमा पार्न शीघ्र र सक्रिय पहल गरि दिन पनि परराष्ट्र मन्त्रीलाई गेसोले ध्यानाकर्षण गरायो ।
राष्ट्रिय योजना आयोग, राष्ट्रिय सभाको सांसद समेत रहिसकेकी पौड्याल पूर्व गोरखा सैनिकको बुहारी पनि हुन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार