
लण्डन । बेलायतस्थित नेपालीहरुको सबैभन्दा पुरानो संस्था यति नेपाली एशोसियसन यूकेको राष्ट्रिय महाधिवेसन गर्न गठित निर्वाचन समितिलाई विस्तार गरिएको छ ।
निर्वाचन समितिको शुक्रबार बैठकले समितिलाई विस्तार गरी छ सदस्सीय बनाइएको छ ।
समितिमा अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, कोडेक युकेका पुर्व अध्यक्ष शंकर दाहाल र समाजसेवी मीन बानियाँलाई थप गरिएको छ । यसअघि पूर्व अध्यक्ष उमेशराज मोक्तान संयोजक, आर के त्रिपाठी सदस्यसचिव र राजेन्द्र पुडासैनी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
निर्वाचनलाई स्वच्छ, निस्पक्ष र पारदर्शी बनाउन निर्वाचन पर्यवेक्षण समिति पनि विस्तार गरिएको छ । पर्यवेक्षण समितिमा डा राघवप्रसाद धिताल, चित्रबहादुर गुरुङ, सुमन खरेल, सुरेशजंग साह, युवराज गुरुङ, विनोद मोक्तान, मोहन गुरुङ, शिवजी श्रेष्ठ, कृष्ण तिवारी, रामशरण सिम्खडा, शेर सुनार, महेश दाहाल, विजय थापा र मदन थापा रहेका छन् ।
६० वर्ष लामो इतिहास बोकेको यतिको फेब्रुअरी ५ मा हुने २९ औँ राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने छ । नयाँ कार्यसमितिका लागि हुने चुनावमा मतदान गर्न र उम्मेदवार बन्न समयमै सदस्यता फारम भर्न निर्वाचन समितिले आह्वान गरेको ।
पश्चिम लन्डनको साउथ ह्यारोमा गोल्डेन सिप रेस्टुरेन्ट सम्पन्न हुने अधिवेसनमा सहभागी हुन निर्वाचन समितिले बेलायतस्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई अपिल गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार