
नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरु भौतिक एवम् भर्चुअल दुवै माध्यमबाट सहभागी भएका थिए ।
त्यस अवसरमा शाखाका नीति तथा कार्यक्रमहरु सम्बन्धमा विभिन्न एजेन्डाहरु व्यापक छलफलपछि पारित गरिएको छ । साधारणसभाले महासचिव नरेन्द्र बस्नेतको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।
यसैगरी नेपालमा आइतबार भएको विमान दर्घटनामा निधन भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सम्पूर्ण मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शाखाले एक शोक प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, साधारणसभाले नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तत्काल खुला गर्न कार्यसमितिलाई सुझाव दिने निर्णय गरेको छ । शाखाले च्यारिटीमूलक कार्यको लागि कोष संकलनार्थ यही वर्ष एक च्यारीटी कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरिएको छ ।
महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश परियारले स्वागत र उपाध्यक्ष शिव भन्डारीले धन्यवाद मन्तव्य दिएका थिए ।
साधारण सभामा शाखाका संस्थापक अध्यक्ष एवम् संरक्षक नवीन पोखरेल, पूर्व अध्यक्ष एवम् संरक्षक चिरन शर्मा, निवर्तमान अध्यक्ष एवम् संरक्षक नरेश खपांगीमगर, संरक्षकहरु विपिन निरौला, भगिरथ योगी र श्याम लुईटेल, संरक्षक एवम् केन्द्रीय प्रतिनिधि विमला सेने, केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला, महासंघ केन्द्रको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यहरु सञ्जयभक्त कंडेल र डा जगन कार्की, सल्लाहकार दूतबहादुर पुन, लीलामान शेरपुञ्जा र पूर्णबहादुर गुरुङको सहभागिता थियो । त्यस्तै, कार्यसमितिका सचिवहरु खेमराज रानाभाट र मञ्जु भन्डारी, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सदस्यहरु गोमा राना, जय तामाङ, बाचस्पति रेग्मी, बम थापा, साधारण सदस्यहरु जमुना पुन, जीवन सेन र पर्यवेक्षकका रुपमा पूर्व कोषाध्यक्ष देवी गौतम र प्रकाश गुरुङ समेतले साधारणसभामा भाग लिएका थिए ।
तस्विर: शिव भन्डारी
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस