
नेपाल पत्रकार महासंघ यूके शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा आइतबार अल्डरसटमा सम्पन्न साधारणसभामा शाखाका संरक्षक, सल्लाहकार, केन्द्रीय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी एवम् साधारण सदस्यहरु भौतिक एवम् भर्चुअल दुवै माध्यमबाट सहभागी भएका थिए ।
त्यस अवसरमा शाखाका नीति तथा कार्यक्रमहरु सम्बन्धमा विभिन्न एजेन्डाहरु व्यापक छलफलपछि पारित गरिएको छ । साधारणसभाले महासचिव नरेन्द्र बस्नेतको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङको आर्थिक प्रतिवेदन सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।
यसैगरी नेपालमा आइतबार भएको विमान दर्घटनामा निधन भएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलसहित सम्पूर्ण मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शाखाले एक शोक प्रस्ताव पारित गरेको छ ।
त्यस्तै, साधारणसभाले नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यता वितरण तत्काल खुला गर्न कार्यसमितिलाई सुझाव दिने निर्णय गरेको छ । शाखाले च्यारिटीमूलक कार्यको लागि कोष संकलनार्थ यही वर्ष एक च्यारीटी कार्यक्रमको आयोजना गर्ने पनि निर्णय गरिएको छ ।
महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेश परियारले स्वागत र उपाध्यक्ष शिव भन्डारीले धन्यवाद मन्तव्य दिएका थिए ।
साधारण सभामा शाखाका संस्थापक अध्यक्ष एवम् संरक्षक नवीन पोखरेल, पूर्व अध्यक्ष एवम् संरक्षक चिरन शर्मा, निवर्तमान अध्यक्ष एवम् संरक्षक नरेश खपांगीमगर, संरक्षकहरु विपिन निरौला, भगिरथ योगी र श्याम लुईटेल, संरक्षक एवम् केन्द्रीय प्रतिनिधि विमला सेने, केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला, महासंघ केन्द्रको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यहरु सञ्जयभक्त कंडेल र डा जगन कार्की, सल्लाहकार दूतबहादुर पुन, लीलामान शेरपुञ्जा र पूर्णबहादुर गुरुङको सहभागिता थियो । त्यस्तै, कार्यसमितिका सचिवहरु खेमराज रानाभाट र मञ्जु भन्डारी, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम, सदस्यहरु गोमा राना, जय तामाङ, बाचस्पति रेग्मी, बम थापा, साधारण सदस्यहरु जमुना पुन, जीवन सेन र पर्यवेक्षकका रुपमा पूर्व कोषाध्यक्ष देवी गौतम र प्रकाश गुरुङ समेतले साधारणसभामा भाग लिएका थिए ।
तस्विर: शिव भन्डारी
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा