
लन्डन । होली काउ समूहको नवौं ब्रान्च, फाइन डाइन रेस्टुरेन्टको रुपमा लण्डनको क्यानरी व्हार्फ़मा औपचारिक रुपमा शुरु भएको छ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिज (सिबीआई) का अध्यक्ष लर्ड करन बिलिमोरियाले सोमबार बेलुका उक्त रेस्टुरेन्टको सामूहिक रुपमा उद्घाटन गरे।
उक्त अवसरमा बोल्दै राजदूत आचार्यले नेपाली व्यवसायीहरुले ब्रिटेनमा प्राप्त गरेको सफलता प्रशंसनीय रहेको बताए। उनले नेपालीहरुले जहाँ गए पनि मेहनती, अनुशासित र उद्यमशील जातिको पहिचान बनाएको जनाए। उनले होली काउ समूहको सफलताले अरु नेपाली व्यवसायीलाई पनि हौसला मिलेको बताए।
कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिज अध्यक्ष लर्ड बिलिमोरियाले बेलायतमा कार्यरत नेपाली लगायत एसियाली व्यवसायीहरुको उद्यमशीलताको प्रशंसा गरे। आप्रवसनले गर्दा ब्रिटिश अर्थतन्त्रलाई धेरै फाइदा पुगेको भन्दै उनले आप्रवसनकै कारण ब्रिटिश अर्थतन्त्र विश्वको छैठौं ठूलो अर्थतन्त्र बन्न पुगेको बताए । आफ्ना स्वर्गीय पिता लेफ्टिनेन्ट जनरल फरिदुन बिलिमोरियाले भारतीय सेनाको गोर्खा ब्रिगेडको नेतृत्व गरेको स्मरण गर्दै उनले गोर्खालीहरुको साहस संसारमै अद्वितीय रहेको पनि जनाए।
उक्त अवसरमा होली काउ समूहका अध्यक्ष कुल आचार्यले बार्क्लेज बैंककी शाखा प्रवन्धक लगायत विशिष्ट पाहुनाहरु, टाढाटाढाबाट आएका मित्रहरु, समस्त ग्राहक वर्ग लगायत रेस्टुरेन्टलाई छोटो समयमै संचालनमा ल्याउन रातदिन खट्ने होली काउ समूहका निर्देशकहरु, स्टाफ तथा परिवारजनलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष समेत रहेका आचार्यले आगामी दिनमा पनि आफ्नो समूहले उच्च गुणस्तरका साथ सेवा विस्तार गर्ने लक्ष्य बनाएको बताए । होली काउ समूहकी निर्देशक पायल मिश्रले सबैलाई स्वागत गरेकी थिइन् भने आचार्यकी कान्छी छोरी कृतिका आचार्यले नृत्य प्रदर्शन गरेकी थिइन्।
कार्यक्रममा ब्याग पाइपर बजाएर पाहुनाहरुको स्वागत गरिएको थियो ।

नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस