
लन्डन । होली काउ समूहको नवौं ब्रान्च, फाइन डाइन रेस्टुरेन्टको रुपमा लण्डनको क्यानरी व्हार्फ़मा औपचारिक रुपमा शुरु भएको छ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य तथा कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिज (सिबीआई) का अध्यक्ष लर्ड करन बिलिमोरियाले सोमबार बेलुका उक्त रेस्टुरेन्टको सामूहिक रुपमा उद्घाटन गरे।
उक्त अवसरमा बोल्दै राजदूत आचार्यले नेपाली व्यवसायीहरुले ब्रिटेनमा प्राप्त गरेको सफलता प्रशंसनीय रहेको बताए। उनले नेपालीहरुले जहाँ गए पनि मेहनती, अनुशासित र उद्यमशील जातिको पहिचान बनाएको जनाए। उनले होली काउ समूहको सफलताले अरु नेपाली व्यवसायीलाई पनि हौसला मिलेको बताए।
कन्फेडरेशन अफ ब्रिटिश इन्डस्ट्रिज अध्यक्ष लर्ड बिलिमोरियाले बेलायतमा कार्यरत नेपाली लगायत एसियाली व्यवसायीहरुको उद्यमशीलताको प्रशंसा गरे। आप्रवसनले गर्दा ब्रिटिश अर्थतन्त्रलाई धेरै फाइदा पुगेको भन्दै उनले आप्रवसनकै कारण ब्रिटिश अर्थतन्त्र विश्वको छैठौं ठूलो अर्थतन्त्र बन्न पुगेको बताए । आफ्ना स्वर्गीय पिता लेफ्टिनेन्ट जनरल फरिदुन बिलिमोरियाले भारतीय सेनाको गोर्खा ब्रिगेडको नेतृत्व गरेको स्मरण गर्दै उनले गोर्खालीहरुको साहस संसारमै अद्वितीय रहेको पनि जनाए।
उक्त अवसरमा होली काउ समूहका अध्यक्ष कुल आचार्यले बार्क्लेज बैंककी शाखा प्रवन्धक लगायत विशिष्ट पाहुनाहरु, टाढाटाढाबाट आएका मित्रहरु, समस्त ग्राहक वर्ग लगायत रेस्टुरेन्टलाई छोटो समयमै संचालनमा ल्याउन रातदिन खट्ने होली काउ समूहका निर्देशकहरु, स्टाफ तथा परिवारजनलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष समेत रहेका आचार्यले आगामी दिनमा पनि आफ्नो समूहले उच्च गुणस्तरका साथ सेवा विस्तार गर्ने लक्ष्य बनाएको बताए । होली काउ समूहकी निर्देशक पायल मिश्रले सबैलाई स्वागत गरेकी थिइन् भने आचार्यकी कान्छी छोरी कृतिका आचार्यले नृत्य प्रदर्शन गरेकी थिइन्।
कार्यक्रममा ब्याग पाइपर बजाएर पाहुनाहरुको स्वागत गरिएको थियो ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार