लण्डन । बेलायती राजाका कान्छा छोरा ह्यारी विवाहपश्चात विभिन्न कारणहरुले चर्चामा छन् । कहिले आफूभन्दा ज्येष्ठ, अश्वेत, पारपाचुके महिलासित विवाह गरेर त कहिले दरबार छाडेर प्रवासमा बसाइँ सरेर । कहिले दरबारभित्रका अन्तरंग कुरा समेटिएको वृत्तचित्र सार्वजनिक गरेका कारण । अहिले भने उनी नयाँ पुस्तकका कारण चर्चामा छन् ।
आगामी साता सार्वजनिक हुन लागेको उनको आत्मवृत्तान्तमा उनले आफ्ना दाजु राजकुमार विलियमले तीन वर्षअघि आफूमाथि हातपात गरेको उल्लेख गरेका छन् ।
‘स्पेयर (जगेडा)’ नामक सो पुस्तकमा उनले विवाहपश्चात सन् २०१९ मा आफ्ना दाजुले आफूलाई कुटेको बताएका छन् । आफूले विवाह गरेकी मेगन मार्कलका बारेमा दाजुभाइबीच विवाद भई दाजुले हातपात गरेको उनको आरोप छ ।
पुस्तकमा उनले विवाद बढ्दै जाँदा दाजुले आफूलाई कठालोमा समातेको, सिक्री चुँडालेको र भूइँमा लडाएको बताएका छन् । सो घटनाका कारण आफूलाई पिठयूँमा देखिने गरी चोट लागेको पनि उल्लेख गरेका छन् ।
सो घटना केन्जिङटन पालेसको नट्टिङघम कटेजमा भएको बताइएको छ । पुस्तकमा ह्यारीले दुई दाजुभाइबीच मेगनका विषयमा विवाद भएको र दाजु आक्रोशीत पाएपछि आफूले यस्तो अवस्थामा आफू कुराकानी गर्न नसक्ने भन्दै दाजुलाई गिलासमा पानी दिएको बताएका छन् । दाजुले पानी राखेर आफूलाई अरू नै नामले बोलाएको र आफ्नो नजिकमा आई कठालोमा समाएको, सिक्री चुँडाली दिएको र भूइँमा लडाएको उल्लेख गरेका छन् । घटना अति नै छिटो भएको र आफू कुकुरले खाना खाने भाँडामा लडेको उनले बताएका छन् । जसका कारण उनको पिठ्यूँमा चोट लागेको थियो । एकछिन आफू त्यहीँ लडेको र उठेपछि विलियमलाई बाहिर जान भनेको उनले उल्लेख गरेका छन् ।
विलियमले आफूलाई हिर्काउन भनेको तर आफूले नहिर्काएको उनले लेखेका छन् । एकछिन पछि विलियम आएर पश्चाताप र माफी मागेको पनि उनले उल्लेख गरेका छन् । विलियमले सो घटना मेगनलाई नभन्न भनेको र आफूले धेरैपछि मात्र भनेको पनि उनले बताएका छन् । त्यो घटना थाहा पाएपछि मेगन रिसाउनु भन्दा पनि दुखी भएको उनले उल्लेख गरेका छन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी