
लण्डन । बेलायतका राजा चाल्र्स तृतीयले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा विभिन्न व्यक्तिहरुलाई पदवी दिएका छन् जसमा बेलायतका अग्रज नेपाली महन्त श्रेष्ठ पनि परेका छन् ।
श्रेष्ठलाई अर्डर अफ ब्रिटिश इम्पायर (ओबिई) को सम्मान दिइएको छ । उनलाई समाजसेवा तथा नेपाली समुदाय र लण्डन बरो अफ इलिङमा पुर्याएको योगदानका लागि सो पदवी दिइएको बताइएको छ ।
सो पदवी घोषणापश्चात प्रतिक्रिया दिँदै श्रेष्ठले बेलायती राजाबाट सो पदवी पाउनेमा आफ्नो पनि नाम पनि समावेश भएको पाउँदा खुशी लागेको बताए । बेलायत र नेपालमा रहेका नेपालीहरु तथा आफू बसोबासरत इलिङ काउन्सिलको सहयोगका लागि पहिलेदेखि लागि परिरहेको र आगामी दिनमा पनि सहयोग गरिरहने उनले प्रतिवद्धता व्यक्त गरे ।
आफू समाजसेवामा निस्वार्थ रुपले लागेको बताउँदै उनले आफूले पाएको पदवीका लागि सबै नेपालीहरुलाई धन्यवाद दिए ।
सन् १९७६ मार्च १० का दिन २४ वर्षको उमेरमा बेलायत आएका श्रेष्ठ बेलायतको नेपाली समुदायको अग्रज मानिन्छन् । उनी करिब ४० वर्षदेखि बेलायतमा व्यवसायरत छन् । उनको नेपालीमा पनि व्यवसाय छ ।
व्यवसायका साथै उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । एनआरएनए यूकेको संस्थापक अध्यक्ष रहेका उनी पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा पनि रहेर काम गरिसकेका छन् । उनी इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष पनि हुन् भने उनको सामाजिक सेवाका लागि वेष्ट लण्डन विश्वविद्यालयले उनलाई मानार्थ एमबीए पनि प्रदान गरेको छ ।
नयाँ बर्ष अवसरमा ११०७ जनाले विभिन्न पदवी पाएका छन् जसमा आधा महिला छन्।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम