
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले तमु (गुरुङ) हरुको महान पर्व ल्होछार मनाउने भएको छ ।
उक्त ल्होछार शुक्रबार ३० डिसेम्बर २०२२ का दिन अल्डरसटस्थित गुम्बामा धार्मिक परम्परानुसार मनाउन लागिएको हो । सिक्किमका हिज इमिनेन्स टुल्कु साङ्गे योन्तेन ग्यात्सो गुरुङको विशेष उपस्थितिमा मनाउन लागिएको ल्होछार पर्वमा बीसीसी युके गुम्बाका टुल्कु जिग्मे सामतेन, खेन्पो टासी छिरिङ्गलगायत गुरुहरुले घ्यासी पूजा र आयु पूजा गर्नेछन् । साथै, पूजाको अन्त्यमा आयुको वाङ्ग (अभिषेक) दिईने बीसीसी युकेका प्रमुख सल्लाहकार एवं ल्होछार संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए ।
तमु धिं युकेका पदाधिकारी एवं सदस्यहरुको विशेष उपस्थितिमा सम्पन्न हुन लागेको उक्त पूजामा बत्ती बाल्ने, छोक दान र भोजनदान गर्न चाहने ईच्छुक भक्तजनहरुले बीसीसी युकेलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ । उक्त बाघ वर्गको बिदाई र बिरालो वर्गको स्वागतार्थ आयोजना गर्न लागिएको कार्यक्रममा तमु धिं युकेले गुम्बा परिसर भित्र नयाँ लुङ्दर समेत फेर्ने भएको छ । उक्त पूजामा सहभागी हुनका लागि बेलायतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि बीसीसी युकेले हार्दिक अनुरोध गरेको छ ।
स्मरण रहोस्, बीसीसी युकेले बेलायतमा रहेका शेर्पा, तामाङ्ग, गुरुङलगायत जातजातीहरुको बिशेष पर्वलाई महत्वका साथ मनाउँदै आएको छ । सोही क्रममा तमु ल्होछार मनाउन लागिएको हो ।
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक