
लण्डन । सिक्किमका हिज इमिनेन्स टुल्कु योन्तेन ग्यात्सो गुरुङ लण्डन आइपुगेका छन् ।
उनी मंगलबार साँझ लण्डन बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले आउने शुक्रबार ३० डिसेम्बरका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा आयोजना गर्न लागेको तमु ल्होछार कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन बेलायत आएका हुन् । उक्त तमु ल्होछारका दिन हिज इमिनेन्स टुल्कुले धार्मिक प्रवचन, पूजापाठ, वाङ्ग (अभिषेक) प्रदान गर्ने छन् ।
उनको स्वागार्थ बीसीसी युकेका उपाध्यक्ष रोविन गुरुङ, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, आमा सचिव शारदा गुरुङ, बीसीसी युके लण्डन शाखाकी पूर्व आमा अध्यक्ष अन्तिम तमुस्यो, रेडिङ्ग बुद्धिष्ट गुम्बाका अध्यक्ष तथा पदाधिकारी एवं सदस्य, मन्जुश्री माने मलमकी तारा गुरुङलगायत भक्तजन, शुभचिन्तकलगायत आफन्तहरु हिथ्रो एयरपोर्ट पुगेका थिए ।
छोटो समयका लागि बेलायत भ्रमणमा रहेका हिज इमिनेन्स टुल्कु ग्यात्सोले बेलायतका विभिन्न स्थानमा धार्मिक पूजापाठमा सरीक रहने बीसीसी युकेका उपाध्यक्ष रोविन गुरुङले जानकारी दिए ।
त्यस्तै, बीसीसी युकेले गत २५ डिसेम्बरका दिन सेचेन गुम्बाका हिज होलिनेश रब्जम रिन्पोछेको गुम्बामा जन्मजयन्ती मनाएको छ । सोही क्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङलगायतले सेचेन गुम्बाका खैबा तिर्थ गुरुङलाई समेत गुम्बामा स्वागत गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’