लण्डन । बेलायतमा बेपत्ता किरण पुनको हत्याको आशङ्कामा पक्राउ परेका दुई युवा जमानतमा छुटेका छन् ।
ह्याम्पसायर प्रहरीका अनुसार फ्लीटबाट पक्राउ परेका २९ वर्षीय युवा मार्च २४ सम्मका लागि जमानतमा छुटेका छन् भने अल्डरसटबाट पक्राउ परेका अर्का ३६ वर्षीय युवा मार्च २३ सम्मका लागि जमानतमा रिहा भएका छन् ।
बेलायतको एम्सबरीमा बसोबास गर्ने ३६ वर्षीय किरण पुन डिसेम्बर १ देखि हराइरहेका छन् । प्रहरीका अनुसार उनी सबैभन्दा पछिल्लोपटक सोही दिन साँझ साढे ७ बजेतिर अल्डरसट रेलवे स्टेशन बाहिर बसबाट ओर्लेका थिए ।
डिटेक्टिभ इन्स्पेक्टर होवार्ड ब्रोडरिबले आफूहरू किरण कहाँ हुन सक्छन् वा उनीमाथि के भयो भन्ने पत्ता लगाउन निरन्तर लागि परेको बताएका छन् । उनले किरणलाई पत्ता लगाउन केही सूचना भए प्रहरीलाई दिएर सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर