लण्डन । डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुन अल्डरसटसम्म आइपुगेको पाइएको छ ।
प्रहरीका अनुसार उनी सो दिन साँझ करिब साढे ७ बजेतिर अल्डरसट स्टेशनबाहिर बसबाट ओर्लिएका थिए । उनी सो दिन उनको निवास विल्सायर, एम्सबरीबाट अल्डरसट आएको बुझिएको छ । बसबाट ओर्लिँदै गरेको तस्वीरमा उनले भित्रपट्टि सुन्तले रङ भएको कालो ज्याकेट, कालो टोपी लगाएको र पछाडि झोला बोकेको देखिन्छ । उनले कानमा सेतो तार भएको हेडफोन सुनिरहेको पनि देखिन्छ ।
प्रहरीले उनको खोजीका लागि सर्वसाधारणमा अपील गरेको छ । उनको फार्नब्रो, अल्डरसट, बेजिङस्टोक र एण्डोभरमा पनि साथीभाइ आफन्त रहेको बताइएको छ ।
करिब ५ फिट ८ इन्च अग्ला किरणको छोटो कालो कपाल, खैरो आँखा र चिउँडोमा खत रहेको बताइएको छ । उनको बारेमा केही जानकारी भए ह्याम्पसायर प्रहरीलाई १०१ मा फोन गरी रिफरेन्स नम्बर 44220510992 बताई जानकारी दिन सकिने छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?