
लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको कल्याणकारी व्यवस्था र पेन्सनबारे नेपाल सरकार, बेलायत सरकार र गोरखा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूबीच आज अलग अलग वार्ता सम्पन्न भएको छ ।
बेलायती रक्षा मन्त्रालयमा भएको वार्ताको पहिलो चरणमा कल्याणकारी व्यवस्थाबारे छलफल भएको थियो । बिहान १० बजेदेखि १२ बजेसम्म भएको सो छलफलमा गोरखा सैनिकका तर्फबाट गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङ र नेपाल भूतपूर्व सैनिक संघ (बिजीनेसा) का सभापति केशबहादुर गुरुङले गोरखा सैनिहरूको वेलफेयरका बारेमा विभिन्न बुँदाहरू प्रस्तुत गरेका थिए ।
वार्तामा सहभागी गुरुङले आफूहरूले गोरखाहरू र उनीहरूका सन्ततिलाई नेपालमा बसोबासमा सहयोग गर्नुपर्ने, भूतपूर्व सैनिकका छोराछोरीहरूलाई बेलायतले छात्रवृत्ति दिनुपर्ने, नेपालमा बसोबासरत गोरखा र उनीहरूका परिवारहरूलाई निशुल्क स्वास्थ्य सुविधा दिइनुपर्ने, हालसम्म गोरखा भूतपूर्व सैनिकहरूलाई गोरखा वेलफेयर ट्रष्ट नामक च्यारिटीबाट स्वास्थ्यसेवा दिइँदै आएकोमा रक्षा मन्त्रालय र राष्ट्रिय स्वास्थ्य सेवामातहतबाट दिइनुपर्ने कुरा उठाएको जानकारी दिए । उनले नेपालमा बसोबास गरिरहेका गोरखा भेट्रानहरूलाई बेलायतमा दिइँदै गरेसरह सुविधा दिनुपर्ने, विधवाहरू तथा च्यारिटी पेन्सन पाउनेहरूका बारेमा पनि आफूहरूले आवाज उठाएको उनले थपे ।
वार्तामा सहभागी गेसो उपसभापति धर्मबहादुर तामाङले वार्ता सौहार्द्धपूर्ण वातावरणमा भएको र आफूहरूले गोरखा भेट्रान तथा उनीहरूका छोराछोरीका लागि विभिन्न सवाल उठाएको बताए । आफूहरूले उठाएको सबै कुरा बेलायत सरकारका प्रतिनिधिहरूले टिपोट गरेको र ती विषयमा अध्ययन गरी अर्को चरणको वार्तामा आफ्नो धारणा राख्ने उनीहरूले बताएको पनि तामाङले जानकारी दिए ।
त्यस्तै, दोस्रो चरणको वार्ता पेन्सनबारे भएको थियो । उता पेन्सन सम्बन्धी वार्तामा गोरखाहरूका तर्फबाट ब्रिट्रिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्र दल देवान र मेजर उदयबहादुर गुरुङ थिए । बेलायतले शुरूमा पेन्सनबारे कुरा गर्न इन्कार गरे पनि नेपाल र गोरखाहरूको दबाबका कारण उनीहरूका कुरा सुन्न शुरु गरेको छ ।
वार्तामा नेपाल सरकारको तर्फबाट सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार र द्वितीय सचिव रामबाबु नेपाल, बेलायतका तर्फबाट जेम्स ग्रीनफोर्डको नेतृत्वमा सहभागी थिए ।
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
युक्रेनलाई तत्काल युद्धविराम गर्न जी–७ को आह्वान
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित