
लण्डन । खैरेनीटार (तनहुँ) सेरोफेरो परिवार युकेको वार्षिक भेटघाट आइतबार सम्पन्न भएको छ ।
दक्षिणपूर्वी लण्डनको वेलिङस्थित सेन्ट माइकल चर्चमा आयोजित सो कार्यक्रममा संस्थापक सल्लाहकार मोहन गुरुङले उपस्थित सबैलाई हार्दिक स्वागत गरेका थिए । यसैगरी, अध्यक्ष किसन गुरुङले वार्षिक भेटघाट कार्यक्रम तथा संस्थाका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा नेपालबाट बेलायत भ्रमणमा आएका पाहुनाहरूलाई स्वागत गरिएको थियो । यस्तै, डेनमार्कबाट आउनुभएका पाहुना मिकल्सनले नेपाली समुदायसित ३० वर्षदेखि जोडिन पाएकोमा खुशी लागेको बताए ।
कार्यक्रममा विभिन्न मनोरन्जनात्मक खेल तथा साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो । महिलाहरूका लागि गरिएको म्यूजिकल चेयरमा हमा श्रेष्ठ पहिलो र मीना गुरुङ दोस्रो भएका थिए । म्यूजिक चेयरको पुरस्कारको प्रायोजन कमला राना र गोबर्धन रानाले गरेका थिए । यस्तै, राफल ड्र अंजु गुरुङ, गुनकेशरी गुरुङ, किशोर थापा, प्रेम गुरुङ, सीता गुरुङ, काजी गुरुङले जितेका थिए । राफल ड्रको प्रायोजन होमबहादुर-बसुमाया थापा, किसन-युवा गुरुङ, चुनक-चन्द्रा गुरुङ, काजी गुरुङ, लाल-निर्मला थापा, मोहन-बनु गुरुङ, मोहन-सरिता गुरुङ र राजेन्द्र-हेमा रानाले गरेका थिए । राफल ड्र कार्यक्रमको सन्चालन सरिता गुरुङ र निर्मला थापाले गरेका थिए ।
कार्यक्रममा चन्द्र गुरुङ, प्रवीण गुरुङ, पूनम गुरुङ, नील पुनलगायतले गीत प्रस्तुत गरेका थिए ।
भेलामा पेयपदार्थ जसुदा गुरुङ रेडिङले गरेकी थिइन् । कार्यक्रमको संचालन कमला रानाले गरेकी थिइन् । कोषाध्यक्ष गोबर्धन रानाले ३ हजार ८० पाउण्ड ५७ पेन्स कोषमा रहेको जानकारी गराएका थिए ।
करिब ७० जना सहभागी भएको सो भेटघाटले अर्को वर्षको वार्षिक भेटघाट शनिबार डिसेम्बर २, २०२३ गर्ने तय गरेको छ ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी