
लण्डन । राजनीतिका अध्येता विश्वासदीप तिगेलाले विश्वमा प्रचलित निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्कसहित तुलनात्मक जानकारी दिएका छन् ।
मुन्धुम एकेडेमीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक निर्वाचन प्रणालीहरुको कसीमा नेपालको मिश्रित निर्वाचन प्रणालीले के के सुधार गर्न आवश्यक भन्ने विषयमा पनि तथ्यगत कारण र आधारहरु प्रस्तुत गरे । सो कार्यक्रममा राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्तमा सहभागीहरुको प्रश्नको उत्तर तिगेलाले दिएका थिए भने सुझावहरुलाई ग्रहण गरेका थिए ।
तिगेलाले उनका राजनीति शास्त्रको डिग्री तहमा तयार गर्नुभएको विश्वका निर्वाचन प्रणालीहरुमध्ये सबैभन्दा प्रजातान्त्रिक कुन हो भन्ने विषयक शोधपत्र पुस्तकको रुपमा आउनुभन्दा अगाडी छलफल र अन्तरक्रिया भएको हो ।
तिगेलाको गत वर्ष उनको माष्टर्स डिग्रीको शोधपत्र ‘ह्वाई चाइना इज नट रिप्लेसिङ अमेरिका’ नामक पुस्तक प्रकाशनमा आएको छ भने उनी क्यान्टवरी युनिभर्सिटी युकेबाट माष्टर्स डिग्री सिध्याएर विद्यावारिधिको प्रकृयामा छन् ।
एकेडेमीका संयोजक डि. बी. आङबुङले प्रस्तोता तिगेला र सहभागी सबैलाई धन्यवाद दिएका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’