
लण्डन । राजनीतिका अध्येता विश्वासदीप तिगेलाले विश्वमा प्रचलित निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्कसहित तुलनात्मक जानकारी दिएका छन् ।
मुन्धुम एकेडेमीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक निर्वाचन प्रणालीहरुको कसीमा नेपालको मिश्रित निर्वाचन प्रणालीले के के सुधार गर्न आवश्यक भन्ने विषयमा पनि तथ्यगत कारण र आधारहरु प्रस्तुत गरे । सो कार्यक्रममा राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्तमा सहभागीहरुको प्रश्नको उत्तर तिगेलाले दिएका थिए भने सुझावहरुलाई ग्रहण गरेका थिए ।
तिगेलाले उनका राजनीति शास्त्रको डिग्री तहमा तयार गर्नुभएको विश्वका निर्वाचन प्रणालीहरुमध्ये सबैभन्दा प्रजातान्त्रिक कुन हो भन्ने विषयक शोधपत्र पुस्तकको रुपमा आउनुभन्दा अगाडी छलफल र अन्तरक्रिया भएको हो ।
तिगेलाको गत वर्ष उनको माष्टर्स डिग्रीको शोधपत्र ‘ह्वाई चाइना इज नट रिप्लेसिङ अमेरिका’ नामक पुस्तक प्रकाशनमा आएको छ भने उनी क्यान्टवरी युनिभर्सिटी युकेबाट माष्टर्स डिग्री सिध्याएर विद्यावारिधिको प्रकृयामा छन् ।
एकेडेमीका संयोजक डि. बी. आङबुङले प्रस्तोता तिगेला र सहभागी सबैलाई धन्यवाद दिएका थिए ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम