
लन्डन । बाघेता (बाहुनडाँडा घेर्मु ताघ्रिङ) समाज यूकेको १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले सुब घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार ३ डिसेम्बरका दिन हेक्स्हाम कम्युनिटी सेन्टर रेडिङमा सम्पन्न अधिवेशनले ९ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । उक्त नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रेम गुरुङ, सचिवमा तेज घले, कोषाध्यक्षमा सुरेन्द्र घले, सदस्यहरुमा दिलमाया गुरुङ, रामकाजी गुरुङ, प्रिति घले, परास गुरुङ (राजु) युवा सदस्य र दीपक घले प्रोपर्टी सदस्य रहेका छन् ।
समाजका अध्यक्ष क्याप्टेन देव घलेको अध्यक्षतामा सम्पन्न उक्त १३ औं साधारणसभाको पहिलो चरणमा विविध विषयमा छलफल भएको थियो । सो साधारणसभामा अध्यक्ष क्याप्टेन घलेले आफूले ११ वर्षदेखि कार्यसमितिको नेतृत्व गरेको बताउँदै आफ्नो लामो कार्यकालमा कार्यसमितिलाई साथ, सहयोग, सल्लाह र सुझाव दिनुहुने सबै समाजका सल्लाहकार, कार्यसमिति, आमाहरु र सदस्यहरुलाई धन्यवाद दिए । साथै, उनले उक्त साधारणसभाले पाँचौं कार्यसमिति चयनका लागि समाजका संस्थापक अध्यक्ष कृष्ण गुरुङ प्रमुख निर्वाचन आयुक्त, सल्लाहकार कृष्ण घले र सल्लाहकार कर्ण गुरुङ सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको बताउँदै आफूले अध्यक्षता गर्दै आएको चौंथो कार्यसमिति विघटन भएको जानकारी गराए ।
उक्त कार्यक्रमको दोस्रो चरणमा निर्वाचन समितिले निर्वाचन प्रक्रियालाई अगाडी बढाउँदै सुब घलेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको जानकारी दिइयो । साथै अध्यक्षलगायत सबै नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिइयो । सो अवसरमा नवनिर्वाचित अध्यक्ष सुब घलेले सबैको साथ, सहयोग, सुझाव र सल्लाहको अपेक्षा गर्दै सबैमा धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमको अन्त्यमा बेलायतका विभिन्न स्थानबाट सहभागी भएको बाघेता समाज युकेका सदस्यहरुले नवनिर्वाचित अध्यक्षलगायत पदाधिकारी एवं सदस्यहरुलाई बधाई दिँदै लाहुरे काइदाको मेसिङको भोजन ग्रहण गरे ।
स्मरण रहोस्, बाघेता समाज युके लमजुङ जिल्लाको बाहुनडाँडा-घेर्मु -ताघ्रिङ पुर्ख्यौली घर भई हाल बेलायतमा बसोबास गर्ने वडावासीहरुले सन् २०१० मा स्थापना गरेको सामाजिक संस्था हो । स्थापना कालदेखि प्रत्येक वर्ष बेलायतमा वार्षिक भेटघाटलगायतका कार्यक्रमहरु गर्दै आएको समाजले आफ्नो गाउँमा १ वटा एम्बुलेन्स खरीद गरी प्रदान गरिसकेको छ भने स्थानीय प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयलाई आर्थिक सहयोग र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको उपचारमा समेत आर्थिक सहयोग गर्दै आएको निवर्तमान अध्यक्ष क्याप्टेन देव घलेले जानकारी दिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा