
काठमाडौँ । विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ ।
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेको छ । पोर्चुगल पठाइदिने नाममा रु २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीबाट चार व्यक्ति ठगिएका छन् ।
झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले यसरी विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । घिमिरेले उमेश अधिकारीसमेत गरी चार जनालाई वर्किङ भिषामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । आचायले पोर्चुगल जान रु १२ लाख लाग्ने बताएर ठगी गरेको खुलेको छ ।
यसरी पोर्चुगल गएपछि मासिक रु एक लाख कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट रु २७ लाख असुलेको खुलेको छ । आचार्यलाई थप कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाइएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’