
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके अल्डरसटमा हाल बेलायत भ्रमणमा रहेका गुरु रिन्पोछेले मेडिटेशन र योगाबारे प्रवचन दिएका छन् । रिन्पोछेले गत बुधबार ३० नोभेम्बरका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा उक्त प्रवचन दिएका हुन् ।
शङ्पा कग्यु ट्र्याडिसनका प्रमुख समेत रहेका भारतको दार्जिलिङ्गमा जन्मिएका कालु रिन्पोछेले ध्यान र निगुवा योगा अभ्यासबारे आफ्नो अनुभव सुनाउँदै ध्यान र योगा अभ्यासले मानव जीवनमा ल्याउने परिवर्तन र यसलाई अभ्यास गर्ने विधि जानकारी दिए । साथै, उनले हामीले जुनसुकै विषयको अभ्यास गरेता पनि सावधानीपूर्वक गर्नुपर्ने, कसैलाई देखाउन र प्रमाणित गर्न गर्न नहुने जनाए ।
बीसीसी युकेका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त प्रवचनमा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बिईएम, महासचिव क्याप्टेन देव घले, कार्यसमितिका पदाधिकारी एवं सदस्य, आमा सचिव एवं कार्यवाहक आमा अध्यक्ष शारदा गुरुङ, बीसीसी युके लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्ग, आमा अध्यक्ष दिलमाया गुरुङ, सल्लाहकार, ट्रष्टीहरू, आजीवन सदस्यलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै, गुरु रिन्पाछेका स्थानीय बेलायती अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
उक्त प्रवचनमा बीसीसी युकेका कावा अध्यक्ष आङ्गदावा शेर्पाले बीसीसी युकेको निमन्त्रणालाई स्वीकार गरी प्रवचन दिएकोमा धन्यवाद दिएका थिए । साथै, कावा अध्यक्ष शेर्पा र कावा आमा अध्यक्ष गुरुङले संयुक्त रुपमा गुरू कालु रिन्पोछेलाई मायाको चिनो प्रदान गरे । त्यस्तै, कार्यक्रम संयोजक समेत रहेका बीसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले औपचारिक कार्यक्रमको संचालन गर्दै रिन्पोछेको बारेमा छोटो परिचय दिएका थिए ।
करीब ६० जनाको उपस्थिति रहेको उक्त प्रवचनमा सहभागीहरुले हिज इमिनेन्स (एचई) कालु रिन्पोछ स्वागतद्वारमा फूलको गुच्छा र खादाले स्वागत गरेका थिए । सो अवसरमा रिन्पोछेले बीसीसी युकेको प्राङ्गगणमा रहेको शाक्यमुनी बुद्धको मूर्ति, छोर्तेन र गुम्बाभित्र पूजा हलमा समेत पूजापाठ गरे ।
बेलायतका विभिन्न स्थानबाट आएका रिन्पोछेका अनुयायीहरुको समेत बाक्लो उपस्थिति रहेको उक्त प्रवचनको अन्त्यमा सहभागी भक्तजनहरूले रिम्पोछेबाट आर्शिवाद लिएका थिए ।

नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?