
लुम्बिनी । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोल्लिटले आज लुम्बिनी भ्रमण गर्नुभएको छ ।
लुम्बिनी भ्रमणमा आउनुभएका राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्यसहितको टोलीले स्वागत गर्नुभएको हो ।
उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर र शान्तिदीपको अवलोकन गर्नुभएको थियो । भ्रमणका क्रममा बेलायती राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्ने बारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिनुभयो ।
विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोचअनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताउनुभयो । उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद् सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको सहभागिता थियो । उक्त अवसरमा कोषका तर्फबाट राजदूत निकोलालाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता