
लण्डन । आमरूपमा बेलायतलाई क्रिश्चियन मुलुक भनिए पनि बेलायतका दुई प्रमुख राज्य इङल्याण्ड र वेल्समा भने क्रिश्चियन धर्मावलम्बीहरू अल्पमतमा परेका छन् ।
ती दुई राज्यमा गत वर्ष सम्पन्न राष्ट्रिय जनगणनाको मंगलबार सार्वजनिक तथ्याङ्क अनुसार ती दुई राज्यमा क्रिश्चियन धर्म मान्नेहरूको संख्या ४६.२ प्रतिशत मात्र रहेको छ । जसको अर्थ हुन्छ बहुसंख्यक मानिसहरु अर्कै धर्ममा विश्वास गर्छन् वा कुनै पनि धर्ममा आस्था राख्दैनन् ।
जनगणना गर्ने संस्था अफिस फर न्याशनल स्ट्याटिटिक्सका अनुसार सन् २०११ मा इङल्याण्ड र वेल्समा ५९ प्रतिशत मानिसहरूले आफूहरू क्रिश्चियन धर्ममा आस्था राख्ने बताएका थिए ।
यी दुई राज्यमा क्रिश्चियन धर्मावलम्बीको संख्या घट्नुको मूलकारण मानिसहरू अरु धर्ममा परिणत भएको नभई उनीहरू धर्ममा आस्था राख्न छाड्नु रहेको छ । कुनै पनि धर्ममा विश्वास नगर्नेहरूको संख्या विगत १० वर्षमा १२ प्रतिशतले बढेको बताइएको छ । इङ्ल्याण्ड र वेल्समा कुनै पनि धर्म नमान्ने मानिसहरुको संख्या ३७.२ प्रतिशत रहेको छ ।
उता मुस्लिम, हिन्दू र बौद्ध धर्म मान्नेको संख्या भने इङल्याण्ड र वेल्समा बढेको छ । मुस्लिम धर्म मान्नेहरूको संख्या २.७ प्रतिशतले बढेर ६.५ प्रतिशत पुगेको छ । हिन्दू धर्म मान्नेको १.७ प्रतिशत र बौद्ध धर्म मान्नेको ०.५ प्रतिशत पुगेको छ । यसअघि हिन्दू धर्म मान्नेको संख्या १.५ र बौद्ध धर्म मान्नेको संख्या ०.४ प्रतिशत थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा