
लण्डन । आमरूपमा बेलायतलाई क्रिश्चियन मुलुक भनिए पनि बेलायतका दुई प्रमुख राज्य इङल्याण्ड र वेल्समा भने क्रिश्चियन धर्मावलम्बीहरू अल्पमतमा परेका छन् ।
ती दुई राज्यमा गत वर्ष सम्पन्न राष्ट्रिय जनगणनाको मंगलबार सार्वजनिक तथ्याङ्क अनुसार ती दुई राज्यमा क्रिश्चियन धर्म मान्नेहरूको संख्या ४६.२ प्रतिशत मात्र रहेको छ । जसको अर्थ हुन्छ बहुसंख्यक मानिसहरु अर्कै धर्ममा विश्वास गर्छन् वा कुनै पनि धर्ममा आस्था राख्दैनन् ।
जनगणना गर्ने संस्था अफिस फर न्याशनल स्ट्याटिटिक्सका अनुसार सन् २०११ मा इङल्याण्ड र वेल्समा ५९ प्रतिशत मानिसहरूले आफूहरू क्रिश्चियन धर्ममा आस्था राख्ने बताएका थिए ।
यी दुई राज्यमा क्रिश्चियन धर्मावलम्बीको संख्या घट्नुको मूलकारण मानिसहरू अरु धर्ममा परिणत भएको नभई उनीहरू धर्ममा आस्था राख्न छाड्नु रहेको छ । कुनै पनि धर्ममा विश्वास नगर्नेहरूको संख्या विगत १० वर्षमा १२ प्रतिशतले बढेको बताइएको छ । इङ्ल्याण्ड र वेल्समा कुनै पनि धर्म नमान्ने मानिसहरुको संख्या ३७.२ प्रतिशत रहेको छ ।
उता मुस्लिम, हिन्दू र बौद्ध धर्म मान्नेको संख्या भने इङल्याण्ड र वेल्समा बढेको छ । मुस्लिम धर्म मान्नेहरूको संख्या २.७ प्रतिशतले बढेर ६.५ प्रतिशत पुगेको छ । हिन्दू धर्म मान्नेको १.७ प्रतिशत र बौद्ध धर्म मान्नेको ०.५ प्रतिशत पुगेको छ । यसअघि हिन्दू धर्म मान्नेको संख्या १.५ र बौद्ध धर्म मान्नेको संख्या ०.४ प्रतिशत थियो ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ