काठमाडौँ । नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गरेको अभियोगमा काठमाडौँको मैतीदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ का ३३ वर्षीय तिलकबहादुर बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
काठमाडौँको पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालकसमेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने भन्दै प्रलोभनमा पारेर उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
उक्त कन्सलटेन्सीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमतिसमेत नलिई सञ्चालन गरेको पाइएपछि सञ्चालक बस्नेतलाई पक्राउ गरिएको हो । पक्राउ बस्नेतलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको सो कार्यालयले जनाएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]