काठमाडौँ । नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गरेको अभियोगमा काठमाडौँको मैतीदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ का ३३ वर्षीय तिलकबहादुर बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
काठमाडौँको पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालकसमेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने भन्दै प्रलोभनमा पारेर उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
उक्त कन्सलटेन्सीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमतिसमेत नलिई सञ्चालन गरेको पाइएपछि सञ्चालक बस्नेतलाई पक्राउ गरिएको हो । पक्राउ बस्नेतलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको सो कार्यालयले जनाएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ