
बेलायती अर्थ मन्त्री जेरेमी हन्टले आज ल्याएको नयाँ मिनी बजेटमा बेलायतको विद्यमान आर्थिक समस्याको न्यायपूर्ण समाधान गर्न खोजेको देखिन्छ । अहिले बेलायतको अर्थतन्त्र अत्यन्तै असजिलो अवस्थामा छ । आर्थिक मन्दी नै शुरुआत भइसकेको छ । त्यसैले मिनी बजेट भनिए पनि आज तय गरिएका नीतिहरु महत्वपूर्ण छन् ।
बजेटमा अलिकति सन्तुलन कायम गर्न खोजिएको देखिन्छ । जस्तै, व्यापारिक करका दरहरु धेरै चलाइएका छैनन् । व्यापारिक करमा दुरगामी हेरफेर छैन । कामदारको न्याशनल इन्स्योरेन्सको दर नबढाइनु, साना तथा मझौला व्यापारका लागि १४ बिलियन पाउण्डको सहायता प्याकेज घोषणा हुनु सकारात्मक हुन् तर सेल्फ इम्प्लोयड र कम्पनीका निर्देशकहरुका लागि भने कर मिनाहा हुने लाभांशको थ्रेसहोल्ड घटाइँदा केही बढी तिर्नपर्ने वा गुमाउन पर्ने हुन्छ । किनकी कम्पनीको लाभांशमा पहिले १२ हजार ३०० पाउण्डसम्म कर मिनाहा भएकोमा आगामी वर्षदेखि त्यसलाई ६ हजार पाउण्ड र अर्को वर्षदेखि ३००० पाउण्डमा झारिएको छ । पुँजी बढेवापत लगाइने करको दायरा खुम्च्याउँदा नेपालीहरुलाई पहिले किनेको घर, शेयर, आदि बेच्दा थप कर तिर्नपर्ने हुनसक्छ ।
समग्रमा व्यापारिक र व्यक्तिगत करमा धेरै परिवर्तन छैन र सामान्य मानिसहरुलाई धेरै असर पर्ने छैन ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ