
लण्डन । बेलायतका अर्थमन्त्री जेरेमी हन्टले आज बेलायतको संसदमा शरदकालिन आर्थिक मन्तब्य प्रस्तुत गरेका छन् ।
यसअघिका अर्थ मन्त्रीे पेश गरेको आर्थिक नीतिका कारण अस्थिर रहेको बेलायती अर्थतन्त्र नयाँ अर्थमन्त्रीले कस्तो बजेट ल्याउलान् भन्ने प्रतीक्षामा रहेको थियो । हन्टले धेरै क्षेत्रमा करको दायरा बढाएका छन् ।
उनले ग्याँस तथा विद्युत उत्पादकहरुलाई लगाइने कर १० प्रतिशतले बढाएका छन् भने उर्जा उत्पादकले कमाएको नाफामा ४५ प्रतिशत इनर्जी प्रोफिट लेभी लगाएका छन् ।
वार्षिक १ लाख ५० हजार पाउण्डभन्दा धेरै तलव खानेहरुलाई ४५ प्रतिशत कर लगाइँदै आएकोमा हन्टले अब १ लाख २५ हजार १ सय ४० पाउण्ड माथि तलव खानेहरुले ४५ प्रतिशत कर तिर्नुपर्ने बनाएका छन् ।
राज्यबाट दिइने विभिन्न भत्तामा मुद्रास्फितिअनुसार समायोजन गर्न आगामी आर्थिक वर्षदेखि १०.१ प्रतिशतले वृद्धि गरिने भएको छ भने राष्ट्रिय न्यूनतम ज्यालामा ९.७ प्रतिशतले वृद्धि गरी आगामी आर्थिक वर्षदेखि १०.४२ पाउण्ड प्रतिघण्टा बनाइएको छ ।
बढ्दो उर्जाको मूल्यमाथि सरकारले हस्तक्षेप गरी यसअघि प्रति घर प्रतिवर्ष २ हजार ५०० पाउण्ड मूल्य कायम गरिएकोमा आगामी आर्थिक वर्षदेखि त्यसलाई बढाई ३ हजार पाउण्ड बनाइएको छ भने आगामी आर्थिक वर्ष पनि ९०० पाउण्डसम्म उर्जाको मूल्य तिर्नका लागि सहयोग उपलब्ध गराइने छ ।
यस्तै, पेन्सनरहरुले पाउने पेन्सनमा पनि आगामी आर्थिक वर्षदेखि १०.१ प्रतिशत वृद्धि गरिने भएको छ भने पेन्सन कोषलाई तीन वटा उपायहरुबाट सुरक्षित गरिने भएको छ ।
सरकारले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)लाई यस वर्षका लागि १ बिलियन पाउण्ड अतिरिक्त बजेटको ब्यवस्था गरेको छ भने अर्को वर्ष १.७ बिलियन पाउण्ड अतिरिक्त बजेट छुट्याएको छ ।
सरकारले विद्युतीय सवारीसाधनलाई दिँदै आएको सवारी कर छुटको प्रावधान खारेज गरेको छ । सन् २०२५ देखि विद्युतीय सवारीसाधनहरुले पनि सवारी कर तिर्नुपर्ने सरकारले नीति ल्याएको छ ।
अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले यस वर्ष बेलायतको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने अर्को वर्ष आर्थिक मन्दीका कारण १.४ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ भने बेरोजगारी दर अर्को वर्ष ३.६ प्रतिशत रहने र सन् २०२४ मा बढेर ४.९ प्रतिशत पुग्ने अनुमान गरेको छ । यस्तै, मुद्रास्फिति यो वर्ष ९.१ प्रतिशत रहने साथै अर्को वर्ष केही घटेर ७.४ प्रतिशत रहने पनि आँकलन गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]