
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले भुटानबाट बेलायत आएका खेन्पो केल्जङ्गलाई एक कार्यक्रमबीच बिदाई गरेको छ ।
शुक्रबार ११ नोभेम्बरका दिन बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे समातेन, खेन्पो टासी छिरिङ्ग, महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङलगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बाबाट खादा लगाई बिदाई गरिएको हो ।
बीसीसी युकेको निमन्त्रणामा गत जुन महिनामा बेलायत आएका खेन्पो गुरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा रहेर विभिन्न पूजापाठ गर्ने, बौद्ध दर्शनबारे प्रवचन दिने, पूजा विधिबारे जानकारी गराएका थिए ।
बीसीसी युकेले यसअघि २३ अक्टोबरका दिन औपचारिक रुपमा बिदाई गरिएको थियो । शुक्रबार उनी आफ्नो देश भुटान फर्केका हुन् । उनलाई बीसीसी युकेका महासचिव क्याप्टेन देब घले र आमा सचिव शारदा गुरुङले हिथ्रो विमानस्थलसम्म पुर्याई बिदाई गरे ।
स्मरण रहोस्, बीसीसी युकेले बिशेषगरी नेपालबाट धर्मगुरुहरुलाई निमन्त्रणा गरी बेलायतमा रहेका बौद्ध धर्मावलम्वीहरुलाई बौद्ध दर्शन, पूजा विधि, संस्कारलगायतको बिषयमा प्रवचन दिने, अभिशेष प्रदान गर्ने गर्दै आएको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ