
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले भुटानबाट बेलायत आएका खेन्पो केल्जङ्गलाई एक कार्यक्रमबीच बिदाई गरेको छ ।
शुक्रबार ११ नोभेम्बरका दिन बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे समातेन, खेन्पो टासी छिरिङ्ग, महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङलगायत आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बाबाट खादा लगाई बिदाई गरिएको हो ।
बीसीसी युकेको निमन्त्रणामा गत जुन महिनामा बेलायत आएका खेन्पो गुरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा रहेर विभिन्न पूजापाठ गर्ने, बौद्ध दर्शनबारे प्रवचन दिने, पूजा विधिबारे जानकारी गराएका थिए ।
बीसीसी युकेले यसअघि २३ अक्टोबरका दिन औपचारिक रुपमा बिदाई गरिएको थियो । शुक्रबार उनी आफ्नो देश भुटान फर्केका हुन् । उनलाई बीसीसी युकेका महासचिव क्याप्टेन देब घले र आमा सचिव शारदा गुरुङले हिथ्रो विमानस्थलसम्म पुर्याई बिदाई गरे ।
स्मरण रहोस्, बीसीसी युकेले बिशेषगरी नेपालबाट धर्मगुरुहरुलाई निमन्त्रणा गरी बेलायतमा रहेका बौद्ध धर्मावलम्वीहरुलाई बौद्ध दर्शन, पूजा विधि, संस्कारलगायतको बिषयमा प्रवचन दिने, अभिशेष प्रदान गर्ने गर्दै आएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]