
लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले यस वर्षको रिमेम्बरेन्स डे शनिबार मनाएको छ ।
शनिबार बिहान १०ः४० बजेदेखि बिहान ११ः१० बजेसम्म अल्डरसटस्थित प्रिन्सेस गार्डेन कार प्रथम गोरखा भिसी कुलवीर थापाको शालिकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
सो अवसरमा प्रथम गोरखा भिसी कुलवीर थापालगायत १४ भिसी अनि पहिलो तथा दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गर्ने पुर्खाहरुको सम्झनास्वरुप कार्यक्रम गरिएको थियो । कार्यक्रम संयोजक सल्लाहकार क्याप्टेन रिटायर्ड ग्यारी घलेले कार्यक्रम संचालन गरेका थिए भने सहसंयोजक मेजर रिटायर्ड खिम गौचनले इतिहासबारे जानकारी दिएका थिए । त्यसपछि २ मिनेट मौन धारणा गरिएको थियो । तत्पश्चात ब्यागपाईपर धुन बजाइएको थियो भने लामा गुरुले मन्त्रपाठ गरेका थिए ।
त्यसपछि स्थानिय रसमुर काउन्सिलका मेयर जोन मार्स, काउन्सिल लिडर डेभिड क्लिफोर्ड, काउन्सिलरहरु, जीआरएनसीका अध्यक्ष मन गुरुङ लगायतले भिसी कुलवीर थापाको प्रतिमामा पुष्पगुच्छा चढाएका थिए ।
कार्यक्रम सफल बनाउन क्यूओजीएलआर, गोर्खा आमा समूह अल्डरसट, इम्पायर हल, विभिन्न नेपाली संघ संस्थाहरु, कार्यक्रम संयोजक ग्यारी घले, सहसंयोजक खिम गौचन, डा. विशाल गुरुङ र श्याम श्रेष्ठ लगायतलाई अध्यक्ष गुरुङले धन्यवाद दिएका थिए ।

पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम