
लण्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले यस वर्षको रिमेम्बरेन्स डे शनिबार मनाएको छ ।
शनिबार बिहान १०ः४० बजेदेखि बिहान ११ः१० बजेसम्म अल्डरसटस्थित प्रिन्सेस गार्डेन कार प्रथम गोरखा भिसी कुलवीर थापाको शालिकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
सो अवसरमा प्रथम गोरखा भिसी कुलवीर थापालगायत १४ भिसी अनि पहिलो तथा दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गर्ने पुर्खाहरुको सम्झनास्वरुप कार्यक्रम गरिएको थियो । कार्यक्रम संयोजक सल्लाहकार क्याप्टेन रिटायर्ड ग्यारी घलेले कार्यक्रम संचालन गरेका थिए भने सहसंयोजक मेजर रिटायर्ड खिम गौचनले इतिहासबारे जानकारी दिएका थिए । त्यसपछि २ मिनेट मौन धारणा गरिएको थियो । तत्पश्चात ब्यागपाईपर धुन बजाइएको थियो भने लामा गुरुले मन्त्रपाठ गरेका थिए ।
त्यसपछि स्थानिय रसमुर काउन्सिलका मेयर जोन मार्स, काउन्सिल लिडर डेभिड क्लिफोर्ड, काउन्सिलरहरु, जीआरएनसीका अध्यक्ष मन गुरुङ लगायतले भिसी कुलवीर थापाको प्रतिमामा पुष्पगुच्छा चढाएका थिए ।
कार्यक्रम सफल बनाउन क्यूओजीएलआर, गोर्खा आमा समूह अल्डरसट, इम्पायर हल, विभिन्न नेपाली संघ संस्थाहरु, कार्यक्रम संयोजक ग्यारी घले, सहसंयोजक खिम गौचन, डा. विशाल गुरुङ र श्याम श्रेष्ठ लगायतलाई अध्यक्ष गुरुङले धन्यवाद दिएका थिए ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा