
लण्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो सम्बोधनमै आफ्ना पूर्ववर्ती प्रधानमन्त्रीहरूको आलोचना गरेका छन् ।
उनले निवर्तमान प्रधानमन्त्री लिज ट्रसको आर्थिक वृद्धि गर्ने नीति गलत नभएको बताउँदै तर सो क्रममा केही त्रुटी भएको बताए । तर ती गल्तीहरू नियतवश नभएको पनि उनले थपे । ‘तर गल्ती भनेको गल्ती हो, त्यसलाई सच्याउन म कञ्जरभेटिभ पार्टीको नेता र प्रधानमन्त्री बनेको हुँ । त्यसलाई अहिल्यैदेखि सच्याउन लाग्नेछु’, उनले भने ।
ट्रससित यसअघि कञ्जरभेटिभ पार्टीको नेतृत्वका लागि भएको प्रतिस्पर्धामा पनि उनले ट्रससित आर्थिक नीतिमा असहमति राखेका थिए ।
सुनकले त्यसअघिका प्रधानमन्त्री बोरिस जोन्सन (जसले उनलाई अर्थ मन्त्रीमा ब्रेक दिएका थिए) को पनि आलोचना गर्न बाँकी राखेनन् । जोन्सनले आइतबार जारी गरेको बक्तब्य तथा हरेक सम्बोधनमा सन् २०१९ मा आफूले पार्टीलाई प्रचुर बहुमत दिलाएको दाबी गर्ने गरेकोमा सुनकले भने, ‘सन् २०१९ को चुनावमा कञ्जरभेटिभ पार्टीले पाएको बहुमत कुनै एक व्यक्तिका लागि थिएन । खासमा त्यो हाम्रो घोषणा पत्रका लागि थियो । म त्यसै घोषणापत्र अनुसार अघि बढ्नेछु ।’
सुनकले बेलायत अहिले गम्भीर आर्थिक संकटमा रहेको र आफ्नो कार्य आर्थिक स्थिरता र विश्वास काम गर्नमा केन्द्रीत हुने बताए । यसका लागि केही अफ्ठ्यारा निर्णयहरु गर्नुपर्ने तर्फ पनि उनले सचेत गराए ।
आफ्नो सरकार इमानदारिता, व्यावसायिकता र पारदर्शिताका आधारमा संचालन हुने पनि उनले बताए ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा