
लण्डन । बेलायत भ्रमणमा रहनभुभएका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्यको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच आज बेलायती संसद भवनमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयहरुमा विचारहरुको आदानप्रदान भएको लण्डनस्थित नेपाली दुताबासले जनाएको छ ।
सो भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उप नियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी हुनुहुन्थ्यो । यसैगरी सोमबार बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले तिमिल्सिनाको सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा तिमिल्सिना सहभागी हुनुभयो ।
तिमिल्सिना बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कदै हुनुहुन्छ।

मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान