
लण्डन । बेलायत भ्रमणमा रहनभुभएका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्यको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच आज बेलायती संसद भवनमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयहरुमा विचारहरुको आदानप्रदान भएको लण्डनस्थित नेपाली दुताबासले जनाएको छ ।
सो भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उप नियोग प्रमुख श्रीमती रोशन खनाल सहभागी हुनुहुन्थ्यो । यसैगरी सोमबार बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्माले तिमिल्सिनाको सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा तिमिल्सिना सहभागी हुनुभयो ।
तिमिल्सिना बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कदै हुनुहुन्छ।

एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला