
लण्डन । बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजिनामा पछि पनि आफू राजनीतिमा सक्रिय रहने बताएकी छिन् ।
आज बिहान अन्तिम मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री कार्यालय छोड्नुअघि गरेको छोटो सम्बोधनमा उनले आफू अब आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय हुने बताएकी हुन् । उनले संसदमा ब्याकबेन्चरका रुपमा प्रस्तुत हुने पनि बताइन् ।
आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो छोटो कार्यकालमा न्याशनल इन्स्योरेन्स घटाएको, उर्जाको चर्को मूल्यबाट आहत जनतालाई सहयोग गरेको र धेरै मानिसलाई टाट पल्टनबाट बचाएको बताइन् ।
उनले आजै नियुक्त हुन लागेका नयाँ प्रधानमन्त्री ऋषि सुनकलाई शुभकामना दिँदै युक्रेनलाई गर्दै आएको सहयोग जारी राख्न सुझाव दिइन् ।
सम्बोधनपछि उनी श्रीमान र दुई छोरीसहित राजा चार्ल्स तृतीयसमक्ष राजिनामा पेश गर्न राजदरबार प्रस्थान गरेकी छिन् ।
लिज ट्रससँगै अब बेलायती संसदमा तीन पूर्व प्रधानमन्त्रीहरु ब्याकबेन्चरको भूमिकामा रहनेछन् ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा