
लण्डन । बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजिनामा पछि पनि आफू राजनीतिमा सक्रिय रहने बताएकी छिन् ।
आज बिहान अन्तिम मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री कार्यालय छोड्नुअघि गरेको छोटो सम्बोधनमा उनले आफू अब आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय हुने बताएकी हुन् । उनले संसदमा ब्याकबेन्चरका रुपमा प्रस्तुत हुने पनि बताइन् ।
आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आफ्नो छोटो कार्यकालमा न्याशनल इन्स्योरेन्स घटाएको, उर्जाको चर्को मूल्यबाट आहत जनतालाई सहयोग गरेको र धेरै मानिसलाई टाट पल्टनबाट बचाएको बताइन् ।
उनले आजै नियुक्त हुन लागेका नयाँ प्रधानमन्त्री ऋषि सुनकलाई शुभकामना दिँदै युक्रेनलाई गर्दै आएको सहयोग जारी राख्न सुझाव दिइन् ।
सम्बोधनपछि उनी श्रीमान र दुई छोरीसहित राजा चार्ल्स तृतीयसमक्ष राजिनामा पेश गर्न राजदरबार प्रस्थान गरेकी छिन् ।
लिज ट्रससँगै अब बेलायती संसदमा तीन पूर्व प्रधानमन्त्रीहरु ब्याकबेन्चरको भूमिकामा रहनेछन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ