
लण्डन । बेलायती प्रधानमन्त्रीको दौडमा पूर्व अर्थ मन्त्री ऋषि सुनक र वर्तमान सरकारमै रहेकी मन्त्री पेन्नी मोर्डन्ट औपचारिक रुपमा उत्रिएका छन् ।
मोर्डन्टले दुई दिनअघि नै औपचारिक अभियान शुरु गरिसकेकी छिन् भने हालसम्म धेरै सांसदहरुको समर्थन पाएका पूर्व अर्थमन्त्री सुनकले पनि आइतबार औपचारिक रुपमा भावी प्रधानमन्त्रीको आकांक्षा व्यक्त गरेका छन् ।
उता भावी प्रधानमन्त्रीको दौडमा सामेल हुन विदा छोट्याएर बेलायत फर्किएका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले भने हालसम्म औपचारिक रुपमा मुख खोलेका छैनन् । तथापि उनका समर्थकहरुले भने जोन्सन पनि भावी प्रधानमन्त्रीको दौडमा रहेको बताइरहेका छन् ।
कन्जरभेटिभ पार्टीको १९२२ समितिले नयाँ नेता चयन गर्ने गर्छ र नयाँ नेताका लागि उम्मेदवारी मनोनयन गर्न कम्तीमा १०० सांसदको समर्थन चाहिन्छ । सुनकका पक्षमा हालसम्म १३६ सांसदले सार्वजनिक समर्थन गरिसकेका छन् भने जोन्सनका पक्षमा ५६ र मोर्डन्टको पक्षमा २३ सांसदले हालसम्म समर्थन व्यक्त गरेका छन् ।
३५७ सांसद रहेको कन्जरभेटिभ पार्टीभित्र अझै धेरै सांसदहरुले कसलाई समर्थन गर्ने मुख खोलेका छैनन् तर सुनकले सार्वजनिक रुपमा वर्तमान समस्या समाधान गर्न र पार्टीलाई एकजुट बनाउन आफू नेताको उम्मेदवार हुने बताएपछि उनको पक्षमा थप सांसदहरुले समर्थन जताउने आशा गरिएको छ ।
उता सुनक र जोन्सनबीच शनिबार भेट भएको समाचार पनि बाहिर आएको छ तर सो भेटमा केही सहमति नभएको बताइएको छ । सो भेटमा केही सहमति बनिहाल्ने हो कि भनेर पनि केही सांसदहरुले आफ्नो रोजाइ प्रष्ट पारेका थिएनन् ।
प्रधानमन्त्री रहेकी कञ्जरभेटिभ पार्टीका नेता लिज ट्रसले शुक्रबार राजिनामा दिएपछि नयाँ नेताका लागि सोमबार मनोनयनको कार्यतालिका राखिएको छ । भोलि दिउँसो २ बजेसम्ममा कस कसले मनोनयन गर्न सक्छन् त्यसबाट आगामी प्रधानमन्त्रीको अड्कल काट्न सजिलो हुनेछ ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त