
लण्डन । बेलायतमा प्रधानमन्त्री लिज ट्रसले आज राजिनामा दिएपछि रिक्त प्रधानमन्त्री पदमा आगामी साताभित्रमा नयाँ प्रधानमन्त्री चयन हुने भएको छ ।
सत्तारुढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चयनका लागि जिम्मेवार १९२२ समिति र पार्टीका अध्यक्ष जेक बेरीले अन्य अवस्थाको नेता चयन हुने प्रक्रियालाई छोट्याई एक सातामै नयाँ नेता चयन हुने बाटो तय गरेका हुन् ।
१९२२ समितिका संयोजक सर ग्राहम ब्राडीका अनुसार सोमबार नयाँ नेता बन्न चाहनेहरुले मनोनयन गर्नुपर्नेछ । नेता बन्न मनोनयनका लागि कम्तीमा १०० जना सांसदको समर्थन चाहिने छ । नयाँ व्यवस्थाका कारण बढीमा ३ जना भन्दा बढी आकांक्षी रहने छैनन् ।
अन्तिम दुई उम्मेदवारबीच पार्टीका सदस्यहरुबीच अनलाइन माध्यमबाट मतदान गराइनेछ । तर अनलाइन पहुँच नभएकाहरुलाई कसरी व्यवस्थापन गर्ने प्रष्ट भइसकेको छैन ।
नयाँ नेताको घोषणा अक्टोबर २८ तारिख हुनेछ ।
बेलायतमा संसदभित्र बहुमत नगुमाएसम्म सत्तारुढ पार्टीभित्रबाटै प्रधानमन्त्री चयन हुने व्यवस्था छ । नयाँ निर्वाचित हुने प्रधानमन्त्रीले बाँकी कार्यकालका लागि कार्यभार सम्हाल्ने छन् ।
नयाँ प्रधानमन्त्रीका लागि यसअघि प्रतिस्पर्धामा रहेका ऋषि सुनक, पेन्नी मोर्डन्ट, सुयला ब्रेभरम्यान, केमी बेडोनाकका साथै पूर्व प्रधानमन्त्री बोरिस जोन्सनको पनि नाम चर्चामा छ । तर वर्तमान अर्थमन्त्री जेरेमी हन्टले भने दौडमा भाग नलिने बताएका छन् ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा