
लण्डन । बेलायतमा प्रधानमन्त्री लिज ट्रसले आज राजिनामा दिएपछि रिक्त प्रधानमन्त्री पदमा आगामी साताभित्रमा नयाँ प्रधानमन्त्री चयन हुने भएको छ ।
सत्तारुढ कन्जरभेटिभ पार्टीको नयाँ नेता चयनका लागि जिम्मेवार १९२२ समिति र पार्टीका अध्यक्ष जेक बेरीले अन्य अवस्थाको नेता चयन हुने प्रक्रियालाई छोट्याई एक सातामै नयाँ नेता चयन हुने बाटो तय गरेका हुन् ।
१९२२ समितिका संयोजक सर ग्राहम ब्राडीका अनुसार सोमबार नयाँ नेता बन्न चाहनेहरुले मनोनयन गर्नुपर्नेछ । नेता बन्न मनोनयनका लागि कम्तीमा १०० जना सांसदको समर्थन चाहिने छ । नयाँ व्यवस्थाका कारण बढीमा ३ जना भन्दा बढी आकांक्षी रहने छैनन् ।
अन्तिम दुई उम्मेदवारबीच पार्टीका सदस्यहरुबीच अनलाइन माध्यमबाट मतदान गराइनेछ । तर अनलाइन पहुँच नभएकाहरुलाई कसरी व्यवस्थापन गर्ने प्रष्ट भइसकेको छैन ।
नयाँ नेताको घोषणा अक्टोबर २८ तारिख हुनेछ ।
बेलायतमा संसदभित्र बहुमत नगुमाएसम्म सत्तारुढ पार्टीभित्रबाटै प्रधानमन्त्री चयन हुने व्यवस्था छ । नयाँ निर्वाचित हुने प्रधानमन्त्रीले बाँकी कार्यकालका लागि कार्यभार सम्हाल्ने छन् ।
नयाँ प्रधानमन्त्रीका लागि यसअघि प्रतिस्पर्धामा रहेका ऋषि सुनक, पेन्नी मोर्डन्ट, सुयला ब्रेभरम्यान, केमी बेडोनाकका साथै पूर्व प्रधानमन्त्री बोरिस जोन्सनको पनि नाम चर्चामा छ । तर वर्तमान अर्थमन्त्री जेरेमी हन्टले भने दौडमा भाग नलिने बताएका छन् ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम