लण्डन । प्रधानमन्त्री नियुक्त भएको केही साताबाट नै विवादको घेरामा पर्दै आएको प्रधानमन्त्री लिज ट्रसको सरकार थप संकटमा परेको छ ।
नियुक्त भएको डेढ महिनामै सरकारका वरिष्ठ मन्त्री गृह मन्त्री सुयला ब्रेभरम्यानले राजिनामा दिएकी छिन् । यसअघि गत साता अर्थ मन्त्री क्वाजी क्वाटेङले पनि राजिनामा दिएका थिए ।
ब्रेभरम्यानले आफ्नो निजी इमेलबाट सरकारी कागजपत्र पठाएका कारण मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता तोडेकाले राजिनामा दिनु परेको बताएकी छिन् । उनले राजिनामा पत्रमा वर्तमान सरकारप्रति जनतालाई दिएको प्रतिवद्धता पूरा गर्न उन्मुख नभएको गम्भीर आरोपसमेत लगाएकी छिन् । जसले उनको राजिनामा आचारसंहिताको उल्लङ्घनका कारण मात्र नभई प्रधानमन्त्रीसित गम्भीर नीतिगत मतभेदका कारण भएको आँकलन गरिएको छ ।
उता प्रमुख सचेतक वेण्डी मोर्टनले पनि राजिनामा दिएको स्काइ न्यूजले जनाएको छ । बुधबार संसदमा भएको एक प्रस्तावमाथि मतदानमा सत्तापक्षीय सांसदहरुबीच देखिएको भद्रगोलका कारण उनले राजिनामा दिएको बताइएको छ । उर्जा उत्पादनका लागि जमिन खन्ने बारेको सो प्रस्तावमाथि भएको मतदानमा ४० जना सत्तापक्षीय सांसदहरु अनुपस्थित थिए । जसमा प्रधानमन्त्री लिज ट्रस, पूर्व प्रधानमन्त्री बोरिस जोन्सन, प्रमुख सचेतक वेण्डी मोर्टन लगायत छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ