
लन्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले नेपालीहरुको प्रमुख चाड दशैं, तिहार, छठ र नेपाल संम्वतको अवसरमा शुभकामना साँझ सम्पन्न गरेको छ ।
सोमबार लण्डनको ह्यारोमा आयोजित शुभकामना साँझमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना प्रमुख अतिथिका रुपमा सरिक भएका थिए । उनले बेलायतजस्ता विकसित मुलुकबाट नेपाली समुदायले सभ्यता, मूल्य मान्यता र मानवीय कार्य सिकेर नेपालमा लैजानु पर्नेमा जोड दिए ।
पहिलो पटक बेलायत भ्रमणमा आएका तिमल्सिनाले गैरआवासीय नेपालीहरुलाई बेलायतबाट सुशासन, विकास र समृद्धिका उपायहरु स्वदेश लैजान आग्रह गरे । तिमल्सिनाले नागरिकता विधेयक आगामी हिउँदे अधिवेशनबाट पारित गरी गैर आवासीय नेपाली नागरिकताको व्यवस्था हुने आश्वासन पनि दिए ।
ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्प तिमल्सिनाले उमेर छँदै नेपालमा फर्किन सहभागीलाई आग्रह गरे । ‘म २१ वर्ष युरोप बसेर अन्त्यमा नेपाल नै फर्केको हुँ तपाईहरु पनि उमेर छँदै जन्मभूङ्गि फर्किनुहोस्’, उनले भने ।
लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले ओएनएफ यूकेले मानवीय कार्यको लागि च्यारिटी जस्ता कार्यक्रमलाई प्राथमिकता दिएकोमा प्रशंसा गरिन् ।
ओएनएफ अध्यक्ष भुसालले प्रवासी नेपाली समुदायभित्र विकास भएको नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृतिसँग जोड्दै नेपालीपन विकास गर्नु पर्ने दिशामा अघि बढ्नु पर्ने बेला आएको धारणा राखे । उनले डास्पोरामा फरक मत खोज्नुभन्दा पनि सबै संघ सस्था बीचमा न्यूनतम सहमति हुन सक्ने विषयहरु खोजेर अघि बढनु पर्ने बताए ।
एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्यले ओएनएफ यूकेले च्यारिटीजस्ता मानवीय कार्य गरेकोमा धन्यवाद दिए ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले बेलायतदेखि नेपालसम्मका मानवीय कार्यमा ओएनएफले गरेको काम प्रसंशनीय भएको बताए ।
कार्यक्रम संयोजक ओएनएफ यूके पूर्व अध्यक्ष रामशरण सिम्खडाले ओएनएफ यूकेले अप्ठेरोमा आर्थिक तथा सामाजिक सहयोगलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।
शुभकामना साँझमा गायक सपनकुमार राई र गायिका निरुशा भट्टराईको गायन तथा प्रसुना कंडेल, प्रतिभा अधिकारी, बिनु लामिछाने, सुरक्षा पंगेनी लगायतका कलाकारका नृत्य प्रस्तुत गरिएको थियो। उक्त शुभकामना साँझमा सहभागीहरुले विभिन्न नाचगान प्रस्तुत गरेका थिए । संयोजक सिंखडाले तयार गरेको संस्थाको गतिविधि समेटिएको ‘डकुमेन्ट्री’ समेत देखाइएको थियो ।
च्यारिटी साँझबाट संकलन भएको रकम चाडै सार्वजनिक गर्ने ओएनएफले जनाएको छ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार