
लण्डन । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका खेन्पो टासी छिरिङ्ग लण्डन आइपुगेका छन् ।
उनी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको निमन्त्रणामा सोमबार १७ अक्टोबरका दिउँसो बेलायत आएका हुन् ।
बीसीसी युके अध्यक्ष धर्म तामाङ्ग, महासचिव क्याप्टेन देव घले, बीसीसी युके आमा सहकोषाध्यक्ष तुल्सी घले उनको स्वागतार्थ हिथ्रो एयरपोर्ट पुगेका थिए । त्यस्तै, बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन रिन्पोछे, खेन्पो केल्जङ्ग दोर्जी, महासचिव क्याप्टेन देब घले, आमा सचिव शारदा गुरुङ, बीसीसी युके आमा सहकोषाध्यक्ष तुल्सी घले, सल्लाहकार जंगबहादुर गुरुङलगायत गुम्बा परिवारले खादा लगाई अल्डरसटस्थित गुम्बामा स्वागत गरेका थिए ।
बौद्ध कला, संस्कार र शिक्षाबारे अध्यापन गराउँदै आएका खेन्पो टासीले बेलायत बसाईको क्रममा बौद्ध दर्शन, बौद्ध परम्परामा आधारित धार्मिक पुजापाठलगायत विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको बीसीसी युकेले जनाएको छ ।
यसअघि सन् २०१८ सालमा पनि बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका खेन्पो गुरुलाई भने औपचारिक रुपमा कार्यसमितिले आउने आइतबार गुम्बामा स्वागत गर्ने कार्यक्रम तय भएको बीसीसी युकेका महासचिव क्याप्टेन देव घलेले जानकारी दिएका छन् ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ