
लण्डन । बेलायतका नयाँ अर्थमन्त्री जेरेमी हन्टले उनका पूर्ववर्ती अर्थमन्त्रीले घोषणा गरेका अधिकांश आर्थिक नीति खारेज गरेका छन् ।
सोमबार बिहान गरिएको सार्वजनिक घोषणामा उनले उर्जाको नियन्त्रित मूल्य र आयकरका बारेमा सर्वसाधारणलाई प्रभाव पर्ने नीतिगत परिवर्तन गरेका छन् ।
उनले यसअघिका अर्थ मन्त्री क्वाजी क्वाटेङले घोषणा गरेको आधारभूत आयकर २० प्रतिशतबाट १९ प्रतिशतमा झार्ने नीति खारेज भएको बताएका छन् । सो नीति आगामी आर्थिक वर्ष अप्रिल १ बाट लागू हुनेवाला थियो ।
यस्तै, बढ्दो उर्जाको मूल्यबाट जनतालाई राहत दिन वार्षिक २ हजार ५०० पाउण्डमा सीमित गरिएको उर्जाको मूल्य पनि अप्रिल १ सम्म मात्र कायम गरिने उनले बताए । त्यसपछि जनततालाई कसरी राहत दिन सकिन्छ र सापटी नलिई कसरी अर्थतन्त्र चलाउन सकिन्छ भन्ने बारेमा पुनरावलोकन गरिने उनले बताएका छन् । यसअघि वर्तमान प्रधानमन्त्री लिज ट्रसले आफू पदमा आउनासाथ दुई वर्षका लागि उर्जाको मूल्य २ हजार ५०० पाउण्ड कायम रहने बताएकी थिइन् ।
यसअघि नै कर्पोरेसन ट्याक्स र बढी कमाइ हुनेहरुका लागि घटाइएको आय करको दर सरकारले फिर्ता गरिसकेको छ । अब भने पुराना अर्थमन्त्रीले घोषणा गरेकामध्ये हेल्थ एण्ड सोसल केयर लेभी हटाउने र प्रोपर्टी खरिदमा स्ट्याम्प ड्यूटी छुट दिनेबाहेक सबै नीति खारेज गरिएको छ ।
बेलायतमा व्यक्ति परिवर्तन भए पनि नीति कायम रहन्छ भन्ने मान्यता रहे पनि अहिले एउटै पार्टीको सरकार भए पनि नीतिहरु छिटोछिटो परिवर्तन भइरहेका छन् ।
खासगरी बेलायती मुद्राको अवमूल्यन र बजारमा देखिएको अस्थिरता पछि बेलायती सरकार ठूलो दबाब परेको थियो ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम