
लण्डन । बेलायतमा सुप्रसिद्ध गायक राजेश पायल राईको एकल सांगीतिक साँझ नोभेम्बर १२ मा हुने भएको छ ।
आयोजक संस्था किरात राई यायोक्खा बेलायतले सो जानकारी दिएको हो । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा साँझ ६ बजेदेखि हुनेछ ।
राईको सो कार्यक्रम यसअघि जुलाई २४ मा आयोजना गरिने तय भएको भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो । कार्यक्रम स्थगन गर्नु परेको बारेमा गायक राजेश पायल राईले एक भिडियोमार्फत जानकारी दिइसकेका छन् ।
आयोजकका अनुसार सो कार्यक्रममा राईको एकल सांगीतिक साँझका साथै उनको सम्मान पनि हुनेछ । कार्यक्रमलाई भब्य, आकर्षक र अझ जीवन्त बनाउन बेलायतकै उत्कृष्ट वाद्यवादकहरुको प्रत्यक्ष ब्याण्डसमेत व्यवस्था गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रमको टिकट अग्रीम बुकिङमा २० पाउण्ड कार्यक्रम स्थलमा २५ पाउण्ड र भिआइपी टिकटका लागि ५० पाउण्ड तोकिएको छ ।

एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा