
लण्डन । बेलायतमा सुप्रसिद्ध गायक राजेश पायल राईको एकल सांगीतिक साँझ नोभेम्बर १२ मा हुने भएको छ ।
आयोजक संस्था किरात राई यायोक्खा बेलायतले सो जानकारी दिएको हो । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा साँझ ६ बजेदेखि हुनेछ ।
राईको सो कार्यक्रम यसअघि जुलाई २४ मा आयोजना गरिने तय भएको भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो । कार्यक्रम स्थगन गर्नु परेको बारेमा गायक राजेश पायल राईले एक भिडियोमार्फत जानकारी दिइसकेका छन् ।
आयोजकका अनुसार सो कार्यक्रममा राईको एकल सांगीतिक साँझका साथै उनको सम्मान पनि हुनेछ । कार्यक्रमलाई भब्य, आकर्षक र अझ जीवन्त बनाउन बेलायतकै उत्कृष्ट वाद्यवादकहरुको प्रत्यक्ष ब्याण्डसमेत व्यवस्था गरिएको आयोजकले बताएका छन् ।
कार्यक्रमको टिकट अग्रीम बुकिङमा २० पाउण्ड कार्यक्रम स्थलमा २५ पाउण्ड र भिआइपी टिकटका लागि ५० पाउण्ड तोकिएको छ ।

प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा