
लण्डन । कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्तका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन/चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति बजारमा ल्याएका छन् ।
आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले ‘मानव सभ्यताको दर्पण’का रूपमा व्याख्या गरेका छन् । पुस्तकमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन् ।
‘युद्ध सौन्दर्य चिन्तन’मा वरिष्ठ साहित्य साधक, चिन्तक तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको विशिष्ट र महत्वपूर्ण भूमिका रहेको छ । ६ सय छपन्न पृष्ठको पुस्तकको मूल्य एक हजार रहेको छ । पुस्तक गोर्खा बुक्सले छापेको हो । युद्ध सौन्दर्यसम्बन्धी खोज, अनुसन्धान र चिन्तन गर्न चाहनेहरूका लागि राईको पुस्तक महत्वपूर्ण सामग्रीका रूपमा आएको छ । पुस्तक रत्न पुस्तक भण्डार र गोदावरी बुक हाउस, बागजबारमा पाइन्छ ।
ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि देश दुखेको छ, सालिक उभिएर गोर्खाली, पोयट इन किलिङ जोन (अङ्ग्रेजी) कवितासङ्ग्रह, सहिदकी आमाको लास, बालुवामा अर्को नेपाल र पल्टनेको फोटो कथासङ्ग्रह प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँग सहलेखनमा नवचेतनाग्रह र डायास्पोरा सिद्वान्तः रचना र समालोचना नामक ग्रन्थ प्रकाशित छन् । ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवा निवृत्त खोटाङका राईले बेलायतको वेल्सलाई कर्मथलो बनाएका छन् ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम