
लण्डन । नियुक्त भएको डेढ महिना पनि नपुग्दै बेलायतका अर्थ मन्त्री क्वाजी क्वाटेङ बर्खास्त भएका छन् ।
अमेरिका भ्रमणमा रहेका क्वाटेङलाई अचानक बेलायत फिर्ता बोलाई शुक्रबार प्रधानमन्त्री लिज ट्रसले पदबाट बर्खास्त गरेकी हुन् ।
सेप्टेम्बरको पहिलो साता अर्थ मन्त्रीमा नियुक्त भएका क्वाटेङ पहिलोपटक सार्वजनिक गरेको मिनी बजेटमा राखिएका नीतिहरुका कारण आलोचित बनेका थिए ।
उनले बेलायतको अर्थतन्त्र वृद्धि गर्दे भन्दै कर कटौतीको नीति अवलम्बन गरेका थिए भने पूर्ववत अर्थ मन्त्रीले तय गरेका आर्थिक नीतिहरुलाई रद्द गराएका थिए । उर्जाको बढ्दो मूल्यबाट जनतालाई राहत दिन प्याकेज घोषणा गरेपनि त्यसको पूर्ति कहाँबाट गर्ने भन्ने कुनै स्रोत पनि देखाउन उनले सकेका थिएनन् ।
उनको यस नीतिका कारण बेलायती स्टर्लिङ पाउण्डको अबमूल्यन भएको थियो भने पेन्सन कोष लगायतलाई सुरक्षित गर्न केन्द्रीय बैँकले पटकपटक हस्तक्षेप गर्नु परेको थियो ।
नयाँ सरकारको आर्थिक नीतिका कारण बेलायतको मोर्गेज बजार अस्तब्यस्त बनेको छ । ब्याजदरमा देखिएको अस्थिरताका कारण धेरै बैँक तथा वित्तीय संस्थाहरुले तय भइसकेको कर्जा पनि रद्द गर्दा लाखौँ मानिसहरु मर्कामा परेका छन् ।
क्वाटेङको आर्थिक नीतिको अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत आलोचना गरेको छ । यस्तै उनका आर्थिक नीतिका कारण बेलायतको कन्जरभेटिभ पार्टीको सरकार नै धरापमा परेको छ । मत सर्भेक्षणहरुमा विपक्षी लेबर पार्टीभन्दा सत्तारुढ कन्जरभेटिभ पार्टी धेरै पछि देखिएको छ ।
यसअघि पनि सरकारमा विभिन्न जिम्मेवारी वहन गरिसकेका क्वाटेङ प्रधानमन्त्रीको लामो समयदेखिको मित्र हुन् । उनले प्रधानमन्त्री ट्रससित पुस्तक समेत लेखेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता