बेलायती राजा चार्ल्स तृतीयको राज्यभिषेक मे ६ मा

लण्डन । बेलायतका राजा चार्ल्स तृतीयको शुभराज्यभिषेक आगामी वर्षको मे ६ का दिन हुने भएको छ ।

बेलायती राजदरबारले मंगलबार दिएको जानकारी अनुसार मे ६ तारिख शनिबारका दिन केन्द्रीय लण्डनमा रहेको वेष्टमिन्स्टर आवेमा सो समारोह हुने छ । समारोहमा चार्ल्सकी श्रीमती क्वीन कन्सोर्ट कमिलाको पनि राज्यारोहण हुनेछ ।

बेलायतमा यसअघि सन् १९५३ मा एलिजावेथ द्वितीयाको राज्यभिषेक भएको थियो । त्यतिबेला वर्तमान राजा चार्ल्स ४ वर्षका थिए । चार्ल्सको राज्यभिषेकका बेला उनका सबैभन्दा कान्छा नाति नै चार वर्षका हुने छन् भने चार्ल्स ७४ वर्षका हुने छन् ।

राज्यभिषेकको मुख्य कार्य आर्क बिसप अफ क्यान्टेबरीले गर्नेछन् ।

राज्यभिषेकका अवसरमा बेलायतमा सार्वजनिक बिदा दिने कि नदिनेबारे प्रष्ट भइसकेको छैन । तथापि बेलायतमा आकाशिँदो महंगीलाई विचार गरेर राज्यभिषेक समारोह किफायती हुने अनुमान गरिएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री