लण्डन । बेलायतका राजा चार्ल्स तृतीयको शुभराज्यभिषेक आगामी वर्षको मे ६ का दिन हुने भएको छ ।
बेलायती राजदरबारले मंगलबार दिएको जानकारी अनुसार मे ६ तारिख शनिबारका दिन केन्द्रीय लण्डनमा रहेको वेष्टमिन्स्टर आवेमा सो समारोह हुने छ । समारोहमा चार्ल्सकी श्रीमती क्वीन कन्सोर्ट कमिलाको पनि राज्यारोहण हुनेछ ।
बेलायतमा यसअघि सन् १९५३ मा एलिजावेथ द्वितीयाको राज्यभिषेक भएको थियो । त्यतिबेला वर्तमान राजा चार्ल्स ४ वर्षका थिए । चार्ल्सको राज्यभिषेकका बेला उनका सबैभन्दा कान्छा नाति नै चार वर्षका हुने छन् भने चार्ल्स ७४ वर्षका हुने छन् ।
राज्यभिषेकको मुख्य कार्य आर्क बिसप अफ क्यान्टेबरीले गर्नेछन् ।
राज्यभिषेकका अवसरमा बेलायतमा सार्वजनिक बिदा दिने कि नदिनेबारे प्रष्ट भइसकेको छैन । तथापि बेलायतमा आकाशिँदो महंगीलाई विचार गरेर राज्यभिषेक समारोह किफायती हुने अनुमान गरिएको छ ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा