
पहिचान पुरस्कार कोषले २०७८ कोलागि उत्कृष्ट ६ वटा पुस्तकहरु छनोट गरेको छ । जसमा उत्कृष्ट छनौट गरिएका पुस्तकहरु महाभाराः बसन्त बस्नेत, चिबेचराः केशव सिलवाल, गुरुः कविता राई, सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोटः अर्जुनबाबु माबोहाङ र अमित थेवे, ताल्चाः दिलीप बान्तावा र दुङाल– मालीका केशरीको रहेको छ ।
यसभन्दा अगाडी ७ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भएको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त रुपमा प्रदान गरेको छ ।
त्यसैगरी श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदमलाई पनि संयुक्त रुपमा पहिचान पुरस्कार प्रदान गरिएको छ । पुरस्कार राशी ४,०२,००२ अक्षरेपी चार लाख दुई हजार दुई रुपैयाँ रहेको छ ।
प्रत्येक वर्ष पहिचान पुरस्कारको घोषणा पौष महिना हुने कोषले जनाएको छ ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार