
लण्डन । प्रवासी नेपाली मंच युके (ओएनएफ) युकेले दशैं तिहार शुभकामना साँझको तयारी पूरा गरेको छ ।
१७ अक्टोबरको साँझ ह्यारोस्थिति ब्ल्यू रुममा आयोजना गरिएको सो शुभकामना साँझको सबै तयारी पूरा भएको ओएनएफ युकेका अध्यक्ष तुंगभद्र भुसालले जानकारी दिए ।
२ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले सो कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको थियो ।
शुभकामना साँझमा नेपालीबाट आएका कलाकारहरुका साथै स्थानीय कलाकारको पनि सहभागिता रहने बताइएको छ । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना प्रमुख अतिथि रहनुहुनेछ भने बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्य विशेष अतिथिका रुपमा सहभागी हुने जानकारी आयोजकले दिएका छन् ।
उक्त शुभकामना साँझमा बेलायतको नेपाली समुदायका अगुवाहरुको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा