
लन्डन । सन् २०१८ मा स्थापना भई च्यारिटी कमिसनमा दर्ता भएको रेडिङ्ग बुद्धिस्ट गुम्बाले स्थापनाको करिब तीन वर्षमा रेडिङको केन्द्रीय भागमा फराकिलो गुम्बा किन्न सफल भएको छ ।
च्यारिटी नम्बर ११७८८७८ रहेको सो संस्थाले फराकिलो क्षेत्रफल भएको गुम्बा भवन ८ लाख ५५ हजार पाउन्डमा किनेको छ । नयाँ गुम्बा घरको ३ अक्टोबर सोमबारका दिन बुद्धिष्ट गुम्बा रेडिङका मूल लामा खेन रिन्पोछे शिर लामा गुरुङले चाबी ग्रहण गरी पूजापाठ गरेका छन् ।
कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमुधिँ युकेका पूर्व अध्यक्ष कमल गुरुङ, गोर्खा ट्राभलका डाइरेक्टर एवं घाचोक सेवा समिति अध्यक्ष दिलरास गुरुङ, बुद्धिस्ट गुम्बा रेडिङका ट्रष्टी लेफ्टिनेन्ट जसबहादुर गुरुङ, महेश गुरुङ, मे उदयबहादुर गुरुङ एमबीई गुम्बाका सम्पूर्ण सदस्य, कार्यसमितिका सम्पूर्ण सदस्यहरु र आमा समूहको बाक्लो उपस्थिति रहेको थियो ।
गुम्बा भवन किन्न सफल भएकोमा संस्थाका अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ, उपाध्यक्ष कृष्णा गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङ, कोषाध्यक्ष मेजर बुद्दि गुरुङ, गुम्बा भवन खरिद संयोजक चन्द्रमान गुरुङ , सचिव युवराज गुरुङ आमा समूहकी अध्यक्ष रजनी गुरुङ , आमा समूहकी महासचिव उषा गुरुङ, तमुधिं यूकेका अध्यक्ष हितकाजी गुरुङ, ट्रस्टी जसबहादुर गुरुङ, मेजर उदयबहादुर गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, महेश गुरुङ लगायत सम्पूर्ण सदस्यहरुले बधाई दिँदै खुसी व्यक्त गरे ।
रेडिङको मुटुमा रहेको गुम्बा रेडिङ, स्वीण्डन, लण्डन, बेजिङस्टोक, अल्डरसट र फार्नब्रोरोका भक्तजनहरुका लागि पायक पर्ने रहेको छ । कार्यक्रमको अन्तमा संस्थाको अध्यक्ष इन्स्पेक्टर खेम बहादुर गुरुङले सम्पूर्ण सहयोगी हातहरुलाई , ट्रस्टीहरुलाई, कार्यसमितिका सदस्यहरुलाई , गुम्बालाई आर्थिक र भौतिक सहयोग गर्नु हुने सम्पूर्ण चन्दा दाताहरुलाई धन्यवाद दिएका थिए ।
संस्थाका महासचिव कमल गुरुङले सम्पूर्ण भक्तजनहरुलाई संस्थाको ट्रस्टी बनेर संस्थालाई अझै आर्थिक रुपमा बलियो बनाउन अनुरोध गरेका थिए।

नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]